Like us!
Follow us!
Connect us!
Watch us!

क्यान इन्फोटेकमा सर्बसाधारणको भिड, नयाँ प्रविधि छुटमा किन्ने अबसर (फोटो फिचर)

विहीबार, १३ माघ २०७३, १८ : २८ मा प्रकाशित

क्यान इन्फोटेकमा सर्बसाधारणको भिड, नयाँ प्रविधि छुटमा किन्ने अबसर (फोटो फिचर)

अर्थ संसार
काठमाडौँ – सूचना प्रवधिको महामेला ‘सुविसु क्यान इन्फोटेक २०१७ इन एसोसिएसन विथ सामसुङ’ को पहिलो दिन अबलोकनकर्ताको भिड लागेको छ ।क्यान महासंघले आयोजना गरेको मेलामा विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकासका साथै नयाँ प्रविधि बारे जानकारी उपलब्ध हुने छ ।

मेलामा मुख्य प्रदर्शनी हलभित्र ४९ ठूला र हलबाहिर ५ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष, ट्रसमा एक सय ४४, ओपन स्पेस १४ र फुड स्टल १० गरी २ सय २२ स्टल रहेका छन् । हार्डवेयर, सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसनका स्टल पनि मेलामा छन् ।

मेलामा मोवाइल, इन्टरनेट, पेनड्राइभ, एसडी कार्डलगायतका सामानमा विशेष छुटमा राखिएको छ ।मेलामा विभिन्न ब्राण्डका टिभी समेत छन् । मेलामा रहेको १९ देखि ५८ ईन्चसम्मका हाइसेन्स टिभीमा १५ प्रतिशत छुट रहेको जानकारी व्यापारी शुष्मा खड्काले दिइन् ।

मेलामा सामसुङ, हुवावे, लेनेभो, ओप्पोलगायत विभिन्न ब्रान्डका मोबाइल सेट छन् ।  मेलाको अवसर पारेर सामसुङले ग्यालेक्सी एस ड्यु २ स्मार्टफोन बजारमा ल्याएको छ । नेपाल टेलिकमले २ सय रुपैयाँ पर्ने थ्रीजी सिम १ सय रुपैयाँमा उपलब्ध गराइरहेको छ ।

यस्तै मेलामा डिजिकमका नयाँ राउट पनि विशेष छुटमा उपलब्ध छन् । मेलामा ८ देखि २२ लिटरसम्म पानी शुद्घ गर्ने केन्ट टेक्नोलोजीका विभिन्न इलेट्रोनिक भाँडा १५ देखि २० समिटि प्रतिशत छुटमा उपलब्ध छ । 

5889f088752b1.jpg 5889f0887d553.jpg 5889f088d03fd.jpg 5889f088da568.jpg 5889f089322f7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको