Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्यो अप्पर नौगड गाढ आयोजना, १७ महिनामै सक्ने लक्ष्य

विहीबार, १३ माघ २०७३, १७ : ५५ मा प्रकाशित

अघि बढ्यो अप्पर नौगड गाढ आयोजना, १७ महिनामै सक्ने लक्ष्य

सविता सापकोटा
काठमाडौँ– नौगड गाड आयोजना १७ महिनामै निर्माण सकेको अपि पावर कम्पनी लिमिटेडले दोश्रो आयोजनाको रुपमा सोही नदिको माथिल्लो भागमा अप्पर नौगड गाढ आयोजनामा लगानी जुटाएको छ ।

कम्पनीले ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजना बनाउन नेपाल एसविआइ बैंकको अगुवाइमा प्रभु बैंकसमेतसँग लगानी सम्झौता गरेको छ । यस आयोजनामा एसबिआइले ५५ करोड र प्रभुले ४५ करोड गरी १ अर्ब रुपैयाँ लगानी गर्ने छन् । आयोजनाको लागत १ अर्ब ४४ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । बाँकी ४४ करोड रुपैयाँ कम्पनीका सेयरधनीको लगानी रहनेछ ।

सुदुर पश्चिमाञ्चल बिकास क्षेत्रको महाकाली अञ्चलको दार्चुला जिल्लामा आयोजना निर्माण हुन लागेको हो । यस आयोजनालाई समेत कम्पनीले १७ महिनामै सम्पन्न गर्ने अपिका प्रबन्ध निर्देशक संजिव न्यौपानेले बताएका छन् ।

अप्पर नौगड गाड आयोजना बनाउन दुई बैंकसँग ऋण सम्झौतानेपाल एसबिआइ र प्रभु बैंकले १ अर्ब लगानी गर्ने

अपि पावरले सन् २०१४ मे १६ मा उक्त आयोजनाबाट ५ मेगावट विद्युत उत्पादन गर्ने प्रस्ताव उर्जा मन्त्रालयमा पेश गरेको थियो । पछि यसलाई बढाएर ८ मेगावाटको बनाइएको थियो । यसको सर्वेक्षण लाइसन्स सन् २०१६ डिसेम्बर २९ मा प्राप्त भएको थियो ।

कुल लागतमध्ये ४० प्रतिशत सिभिल काममा, २० प्रतिशत हाइड्रो मेकानिकलमा, १७ प्रतिशत इलक्ट्रो मेकानिकलमा र ९ प्रतिशत प्रजेक्ट बनाउँदा विभिन्न क्षेत्रमा खर्च गर्ने गरी रकम छुट्याइएको प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिए ।

हालसम्म आयोजनाको २२ प्रतिशत काम सम्पन्न भइसकेको छ । त्यति काम सक्न ३२ करोड खर्च भइसकेको छ । आयोजनामा स्थानीय बासिहरुसँग जग्गा लिनेदेखि बाटो निर्माण, बालुवा, गिटि संकलनको काम भइसकेको छ । हाइड्रे मेकानिकलको काम सुरु भएको छ ।सन् २०१७ को अप्रिलसम्ममा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको