Like us!
Follow us!
Connect us!
Watch us!

तिनाउ विकास बैंकको मुनाफामा छलाङ्ग

बुधबार, ०४ बैशाख २०७६, ११ : २८ मा प्रकाशित

तिनाउ विकास बैंकको मुनाफामा छलाङ्ग

अर्थ संसार, काठमाडौं – तिनाउ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १३.३६ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । बैंकले यो त्रैमासमा ६ करोड १० लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष यही अवधिमा खुद नाफा ५ करोड ३८ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।
 
खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः २०.७० प्रतिशत र १५.७५ प्रतिशतले बढेको छ । तिनाउले गत वर्ष १२ करोड १ लाख ४९ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढाएर यो वर्ष १४ करोड ५० लाख २८ हजार रुपैयाँ पुर्याएको हो । यस्तै, सञ्चालन नाफा पनि ७ करोड १५ लाख ५१ हजार रुपैयाँबाट बढाएर ८ करोड २८ लाख २६ हजार रुपैयाँ पुर्याएको छ ।
 
यस त्रैमाससम्ममा ५ अर्ब ३१ करोड ८२ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ५७ करोड ८३ लाख ६७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । सम्भावित जोखिमका लागि २ करोड २४ लाख २२ हजार रुपैयाँ छुट्याएको तिनाउले १० लाख ९१ हजार रुपैयाँ राइट ब्याक गरेको छ । बैंकको खराब कर्जा ०.३७प्रतिशत बाट बढेर ०.३८ प्रतिशत पुगेको छ ।
 
तिनाउको चुक्ता पुँजी बढेर ५६ करोड ७७ लाख ६७ हजार रुपैयाँ छ । बैंकले गत वर्षको नाफाबाट १२५ बोनस सेयर वितरणपछि चुक्ता पुँजी वृद्धि भएको हो । यसको जगेडा कोषमा १३ करोड ९९ लाख ३ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५७ पैसा ९वार्षिक० रहेको तिनाउको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ६४ पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको