अर्थ संसार, काठमाडौं– जीवन रक्षामा साझेदारी कार्यक्रम अन्तर्गत राउण्ड टेबलनेपालले राउण्ड नेपाल ईन्टरनेशनल फाउण्डेशन दिवसको उपलक्ष्यमा १४,१५,१६ र १७ मार्च (फागुन ३०,चैत १,२ र ३ ) गते आयोजना गरेको रक्तदान कार्यक्रमबाट १०५४ पिन्ट रगत सङ्कलन गरेको छ।
रक्तदान कार्यक्रम नेपालका ८ ठूला सहरहरुमा आयोजना गरिएको थियो जसमा , काठमाडौँ ,विराटनगर,वीरगञ्ज , धरान , विर्तामोड , भैरहवा , नारायणघाट र सोनापुर थिए ।
रक्तदानमा विराटनगरमा १०६, वुटवलमा १२०, विर्तामोडमा ३४, वीरगञ्जमा ४५, सिटी सेन्टर मा २०, भाटभटेनीमा २६, लबिम मलमा १५, सिभिल मलमा ३४, शेर्पा मलमा २४, सेन्ट्रल बिजनेश पार्कमा ५१, LRT 16 & SRT ७ द्धारा ६७ BPRT 11 द्धारा ६०, BRT 27 २१, NRT 14 द्धारा १२८, DRT 26 द्धारा १३१, DART 29 द्धारा ६१, BCRT 15 द्धारा २५, BPRT 10 द्धारा५३ र BSRT 18 द्धारा ३७पिन्ट रगत सङ्कलन भएको थियो ।
आम जनतामा रक्तदान प्रति चेतनावृद्धि गर्नुका साथै एक पिन्ट रक्तदानद्धारा अरुका जीवन रक्षामा संलग्न हुन पाउँछ र ज्यान जोगिन्छ लाखौँमा मुस्कान ल्याउँछ भन्ने नाराका साथ उक्त रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । सङ्कलित रगत विभिन्न रेडक्रस क्लवहरुलाई उपलब्ध गराइयो ।
राउण्ड टेबलको स्थापना संयुक्त अधिराज्यको नर्विचमा १४ मार्च १९२७ मा भएको थियो । अहिले यसका ३४००० सदस्य छन् जुन ७५ मुलुकमा छरिएर रहेका छन् ।
राउण्ड टेबल नेपाल गैर–राजनितिक सामाजिक विकासमा सक्रिय संस्था हो । यसले आफ्नो स्थापनाकाल देखि विभिन्न सामाजिक सेवामा उल्लेखनिय योगदान पुर्याउँदै आएका छन् ।
पिछडिएका बालबालिका ध्यानमा राखेर यसले राष्ट्रिय योजना चलाउँदै आएको छ । नेपालमा २०७२ साल वैशाख १२ गतेको शक्तिशाली भुकम्प पछि विभिन्न ६ वटा अन्तराष्ट्रिय क्लवहरु– Round Table, Ladies Circle , 41 club , WOCO Foundation , Tangent and Agora , त्बलनभलत बलम ब्नयचब सँगको साझेदारीमा “अल ४ नेपाल” नामको निर्माणमुखी योजना चलाउँदै आएको छ ।यस योजना अन्तर्गत १०० वटा कक्षाकोठा र ५० वटा अस्थायी लर्निङ्ग सेन्टर तयार गरिने छ ।
यसमध्ये केही कक्षाकोठाको निर्माण पुरा भई हस्तान्तरण पनि भएको छ भने कुनै निर्माण अवस्थामा छनर चाँडै पुरा गरी हस्तान्तरण गरिने लक्ष्य लिएको छ । राउण्ड टेबल नेपाल विभिन्न सामाजिक कार्य विशेषगरी वालवालिकाहरुको शिक्षा तथा सरसफाईमा केन्द्रित भई वर्षभरिनै विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै आइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस