Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा जस्तै बंगलादेशमा पनि २० हजार पोर्न साइट बन्द

ramesh lamsal

विहीबार, ०९ फागुन २०७५, ११ : ३६ मा प्रकाशित

नेपालमा जस्तै बंगलादेशमा पनि २० हजार पोर्न साइट बन्द

अर्थ संसार, काठमाडौँ – बङ्गलादेश सरकारले  २० हजार अश्लील वेबसाइटहरू बन्द गरेको छ ।

मुस्लिम बहुमत भएको उक्त राष्ट्रमा इन्टरनेट प्रदायकहरूले गत हप्ता दूरसंचार नियामकका आदेश अन्तर्गत पोर्नोग्राफी र जुवाका वेबसाईटहरू बन्द गरेको हो।

‘म बालबालिकाको साथै सबै बङ्गलादेशीहरूको लागि सुरक्षित इन्टरनेटको सिर्जना गर्न चाहन्छु र यो मेरी अश्लील पोर्नोग्राफीको विरुद्धको युद्ध हो र र यो युद्ध निरन्तर हुनेछ, हुलाक तथा दूरसंचार मन्त्री मुस्ताफा जब्बरले एफपीलाई भने ।

अधिकारीहरुको अनुसार लोकप्रिय एप्स टिकटक र बिगोको दुरप्रयोग भएको कारणले दक्षिण एशियाली राष्ट्रहरुमा पनि यो ब्लक गरिएको जबबारले बताए।

बङ्गलादेशको उच्च न्यायालयले नोभेम्बरमा सरकारलाई पोर्नोग्राफी वेबसाइटहरू रोक्न र छानबिनका गर्न आग्रह गरेपछि अश्लील वेबसाइटहरू बन्द गरिएको हो।

अदालतले एक संगठनले ठूलो संख्यामा वयस्क वेबसाइटहरू बिना सेंसर अश्लील सामग्री समावेश गरेको भनेर रिपोर्ट गरिसकेपछी त्यस्तो आदेश दिएको हो।

कूल १६५ लाख जनसंख्या भएको बङ्गलादेशमा ९० लाख भन्दा धेरै इन्टरनेट प्रयोगकर्ताहरू रहेका छन। इन्टरनेटमा खोजिएको नामहरूको सूचीमा पोर्न स्टारहरु शीर्ष स्थानमा पर्दछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको