Like us!
Follow us!
Connect us!
Watch us!

साताभर कस्तो रहयो शेयर बजार : यस्तो देखिन्छ नेप्सेको विवरण

ramesh lamsal

शनिबार, १२ माघ २०७५, १८ : ४३ मा प्रकाशित

साताभर कस्तो रहयो शेयर बजार : यस्तो देखिन्छ नेप्सेको विवरण

अर्थ संसार, काठमाडौँ - धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोवार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साता भर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्ता शेयर कारोवार भएको छ । कारोवार मापक नेप्से परिसूचक साताभर ६.१४ विन्दुले घटेर एक हजार १७२.७७ विन्दुमा पुगेको छ ।

साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक आठ दशमलव ६० विन्दुले घटेर एक हजार १७९ दशमलव १७ विन्दुमा झरेको थियो ।  उक्त दिन  कूल १४३ कम्पनीका ११ लाख ५३ हजार ७३ कित्ता शेयर रु ३६ करोड ४५ लाख ३८ हजार ७३६ मूल्यमा खरीद बिक्री भए ।

यस्तै साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा झयो । कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु ३६ करोडझर्यो ७७ लाख छ हजार ६३८ मूल्यमा खरीद बिक्री भए ।

त्यस्तै साताको तेस्रो दिन कारोवार मापक नेप्से परिसूचक आज ०.७८ बिन्दुले बढेर एक हजार १६८.८३ बिन्दुमा पुग्यो । सो दिन  कुल १५६ कम्पनीको १० लाख २४ हजार ६१५ कित्ता शेयर रु २९ करोड २२ लाख १४ हजार ३४५ मूल्यमा खरीद बिक्री भए ।

गत बुधबार कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर एक हजार १७२.९८ विन्दुमा पुग्यो । उक्त दिन कूल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता शेयर रु २४ करोड ७७ लाख ४३ हजार १५५ मूल्यमा खरीद बिक्री भए ।

यस्तै साताको अन्तिम दिन कारोवार मापक नेप्से परिसूचक ०.२ बिन्दुले घटेर एक हजार १७२.७८ विन्दुमा पुगेर बजार बन्द भयो । सो दिन  कूल १५८ कम्पनीको आठ लाख ७४ हजार  ८४ कित्ता शेयर रु २६ करोड ८८ लाख ६५ हजार ८०९ मूल्यमा खरीद बिक्री भए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको