Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा अब्बल बन्दै प्रभु बैंक, प्रति शेयर आम्दानी कति ?

विहीबार, १० माघ २०७५, १४ : १२ मा प्रकाशित

नाफामा अब्बल बन्दै  प्रभु बैंक, प्रति शेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौं – प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ४ करोड १८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । 

गत वर्ष यो बैंकले ६० करोड ११ लाख २ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यता, बैंकले वितरण योग्य नाफा पनि ६३ करोड ४९ लाख ५३ हजार रुपैयाँबाट बढोत्तरी गरेर १ अर्ब ८ करोड १२ लाख १५ हजार रुपैयाँ पुर्याएको छ ।

प्रभुको खुद ब्याज आम्दानी पनि ७६.८४ प्रतिशत ले बढेर २ अर्ब १५ करोड ३० लाख ६१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा बैंकले १ अर्ब २१ करोड ७४ लाख ५७ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले सञ्चालन नाफा पनि ६०.६९ प्रतिशत बढाएर १ अर्ब ३३ करोड १८ लाख ४८ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । गत वर्ष प्रभुको सञ्चालन नाफा ८२ करोड ८८ लाख २९ हजार रुपैयाँ मात्र थियो । यो त्रैमास सम्ममा बैंकले १ खर्ब ४ अर्ब ९८ करोड १३ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गर्दा ८८ अर्ब १५ करोड ९८ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत वर्ष बैंकले ८६ अर्ब १४ करोड १० लाख निक्षेप संकलन गरेर ७१ अर्ब ७७ करोड १६ लाख ६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ छ । रिजर्भ कोषमा पनि ५ अर्ब ६० करोड १२ लाख ४ हजार रुपैयाँ छ ।
 
बैंकले गत वर्षको नाफबाट १०.२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा ५ प्रतिशत बोनस र ५.२६३ प्रतिशत नगद लाभांश रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ६४ करोड ५६ लाख ५६ हजार ९५० रुपैयाँ पुग्नेछ ।
 
यता, बैंकले खराब कर्जा पनि घटाएर २.४७ प्रतिशत मा सीमित गरिदिएको छ । गत वर्ष खराब कर्जा ४.१२प्रतिशत थियो । बैंकको कस्ट अफ फन्ड ६.१९प्रतिशत छ । यस्तै, कर्जा निक्षेप अनुपात ७६.५९प्रतिशत रहेको छ ।
 
प्रभुको प्रतिसेयर आम्दानी पनि करिब ५ रुपैयाँले बढेर २५ रुपैयाँ ३१ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २० रुपैयाँ ४४ पैसा मात्र थियो । प्रभुको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ०३ पैसा छ ।

ताजा समाचार

एनबी ग्रुपका पूर्व सञ्चालक जीतबहादुर श्रेष्ठ अर्बपतिबाट एकाएक सडकछाप, भाइले लुकाए विदेशी बैंकमा डेढ अर्ब

आशा लघुवित्तको साधारण शेयर माघ १८ गतेदेखि खुल्ने, कति कित्ताको लागि आवेदन दिने ?

शेयर बजार सुधार्न नेपाल धितोपत्र बोर्डले गर्दैछ आधा दर्जन नियमको संशोधन

सिक्लेस हाइड्रो पावरको २० करोड बराबरको आइपिओ आउँदै, गर्ने होइन लगानी ? 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको