Like us!
Follow us!
Connect us!
Watch us!

सिक्लेस हाइड्रो पावरको २० करोड बराबरको आइपिओ आउँदै, गर्ने होइन लगानी ?

विहीबार, १० माघ २०७५, १३ : १८ मा प्रकाशित

सिक्लेस हाइड्रो पावरको २० करोड बराबरको आइपिओ आउँदै, गर्ने होइन लगानी ?

अर्थ संसार, काठमाडौं–सिक्लेस हाइड्रो पावर कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर  बिक्री गर्ने भएको छ ।

सो कम्पीले कास्की जिल्लामा १३ मेगावाट क्षमताको मदक्यू खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणलाई सेयर विक्री प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

कम्पनलिे आयोजना प्रभावितलाई ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई ११ करोड ५० लाख रुपैयाँ बराबरको  ११ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने तयारी गरेको छ ।

आयोजनाले २०७४ गत चैतदेखि विद्युत् उत्पादन गरिरहेको छ । सेयर बिक्रीका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको