Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार सुधार्न नेपाल धितोपत्र बोर्डले गर्दैछ आधा दर्जन नियमको संशोधन

विहीबार, १० माघ २०७५, १३ : १६ मा प्रकाशित

शेयर बजार सुधार्न नेपाल धितोपत्र बोर्डले गर्दैछ आधा दर्जन नियमको  संशोधन

अर्थ संसार, काठमाडौं–  नेपाल धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत जारी गरेका पाँच वटा  नियमावली र दुई निर्देशिका संशोधन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

धितोपत्र बोर्डले ‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४’, ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४’, ‘सामूहिक लगानी कोष नियमावली, २०६७’, ‘क्रेडिट रेटिङ निमायवली, २०६८’ र धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’ लाई संशोधन प्रक्रिया अगाडि बढाएको छ ।

यस्तै बोर्डले ‘सामूहिक लगानी कोष निर्दे्शिका, २०६९’ र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्दे्शिका, २०७४’ पनि संशोधनको प्रक्रिया अगाडि बढाएको हो ।

बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत जारी गरिएका नियमावली तथा निर्देशनहरुलाई समय सापेक्ष बनाउन लागि समिति गठन गरी संशोधन गर्न लागेको हो । जसका लागि बोर्डले सरोकारवाला सबैलाई आवश्यक राय, सल्लाह तथा सुझाब उपलब्ध गराउन आग्रह गरेको छ ।

सरोकारवालाले यही माघ १८ गतेभित्र बोर्डको नियमन तथा व्यवस्थापन विभाग कानून तथा प्रबलीकरण महाशाखामा आवश्यक राय, सल्लाह तथा सुझाब उपलब्ध गराउनु पर्नेछ । धितोपत्र बजारलाई थप व्यावसायिक, पारदर्शी, मर्या्दित बनाउने लक्ष्यका साथ ती नियमावली संशोधनको प्रक्रिया अगाडि बढाइएको बोर्डले बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको