Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा हरियाली

बुधबार, ०९ माघ २०७५, १६ : २३ मा प्रकाशित

शेयर बजारमा हरियाली

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर एक हजार १७२.९८ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले बढेर २४८.७४ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता शेयर रु २४ करोड ७७ लाख ४३ हजार १५५ मूल्यमा खरीद बिक्री भयो ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्यो भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ ।

उत्पादन ३१.६ र जीवन बीमा २७.३१ विन्दुले घट्दा बैंकिङ १.४९, व्यापार २.८७, होटल ०.२१, विकास बैंक ६.८६, जलविद्युत् ३१.४८, वित्त ०.७९, निर्जीवन बीमा ५८.०६,अन्य ३.३९ र लघुवित्त १२.९९ विन्दुले बढेका छन् ।

स्टकका अनुसार आज सानिमा इक्वीटी फण्ड, आँखु खोला जलविद्युत् कम्पनी, माथिल्लो तामाकोशी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।

यस्तै जोशी हाइड्रो पावर, गुर्खाज फाइनान्स, पञ्चकन्या माइहाइड्रो पावर, तिनाउ डेभलपमेन्ट बैंक, यूनिलिभर नेपालका शेयरधनीले आज गुमाएका छन् ।

ताजा समाचार

बिजनेश इन्साइडर भन्छ –यस्तो छ संसारका पोर्न स्टारको कमाई

जोशी हाइड्रो पावरको शेयरमा झण्डै उल्टो सर्किट 

किन धमाधम आरालो लाग्दैछ यूनिलिभर नेपालको शेयर

सूचना लुकाएको आरोप लागेको साल्ट टेड्रिङको कारोवार खुल्ला

सहारा विकास बैंकको साधारणसभा २३ गते, पारित गर्ने एजेण्डा यस्ता छन्

उदयपुरमा पनि केबलकार सञ्चालनमा ल्याइने, लागत चार अर्ब

नाफामा अब्बल हुँदै सिद्धार्थ बैंक

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको