Like us!
Follow us!
Connect us!
Watch us!

जोशी हाइड्रो पावरको शेयरमा झण्डै उल्टो सर्किट

बुधबार, ०९ माघ २०७५, १६ : ०५ मा प्रकाशित

जोशी हाइड्रो पावरको शेयरमा झण्डै उल्टो सर्किट

अर्थ संसार, काठमाडौँ – शेयर बजारमा आज जोशी हाइड्रो पावर, गुर्खाज फाइनान्स, पञ्चकन्या माई हाइड्रो पावर तिनाऊ डेभलमेन्ट बैंक, यूनिलिभर नेपालको शेयरधनीले धेरै गुमाएका छन् ।

जोशी हाइड्रो पावरको शेयर त करिब पाँच प्रतिशतले ओरालो लागेको छ । आज सो कम्पनीको शेयर प्रतिकित्ता रु १२ रुपैयाँले घटेको छ । प्रतिशतकाा आधारमा ४.९३ प्रतिशतले आरोलो लागेको छ ।

झण्डकै झण्डै उल्टो सर्किट ब्रेक लाग्ने अवस्थामा जोशी हाइड्रो पावर पुगेको हो । यस्तै गुर्खाज फाइनान्स कम्पनीको शेयर रु ४ ले घटेको छ । प्रतिशतका आधारमा ३.७३ प्रतिशतले घटेको हो । जोशी हाइड्रो पावर प्रतिकित्ता रु २३१ मा कारोवार भयो ।

गोर्खाज फाइनान्स झण्डै आधार मूल्यको आसपास नै आइपुग्ने गरी घट्यो । त्यो भनेको प्रतिकित्ता रु १०३ मा कारोवार भयो । यस्तै पञ्चकन्या माईको शेयर प्रतिकित्ता रु १०४ मा कारोवार भयो ।

 तिनाऊ डेभलपमेन्ट बैंकको शेयर रु पाँचले घट्यो । सो कम्पनीको शेयर प्रतिकित्ता रु १५५ मा कारोवार भयो । आज कूल आठ कम्पनीको शेयर धेरै घटन गएको छ ।

यस्तै सानिमा इक्विटी फण्ड एक रुपैयाँले बढ्यो र प्रतिइमाई ९.८९ मूल्यमा पुग्यो । आँखुखोला जलविद्युत् कम्पनीको शेयर ६ रुपैयाँले बढ्यो । यस्तै माथिल्लो तामाकोशीको शेयर १८ रुपैयाँले बढेर २७८ रुपैयाँमा पुगेको छ ।

ताजा समाचार

बिजनेश इन्साइडर भन्छ –यस्तो छ संसारका पोर्न स्टारको कमाई 

किन धमाधम आरालो लाग्दैछ यूनिलिभर नेपालको शेयर

सूचना लुकाएको आरोप लागेको साल्ट टेड्रिङको कारोवार खुल्ला

सहारा विकास बैंकको साधारणसभा २३ गते, पारित गर्ने एजेण्डा यस्ता छन्

उदयपुरमा पनि केबलकार सञ्चालनमा ल्याइने, लागत चार अर्ब

नाफामा अब्बल हुँदै सिद्धार्थ बैंक

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको