Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले पुनः रिपो बिक्री गर्दै

मंगलबार, ०८ माघ २०७५, १९ : ३१ मा प्रकाशित

राष्ट्र बैंकले पुनः रिपो बिक्री गर्दै

अर्थ संसार, काठमाडौँ– नेपाल राष्ट्र बैंकले बधबार रु पाँच अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको रिपो बिक्री गर्न लागेको जनाएको छ ।

बैंकले एक हप्ताका लागि रिपो बिक्री गर्न लागेको हो । यसअघि पनि बैंकले उक्त परिमाणको रिपो बिक्री गर्ने सूचना प्रकाशित गरेको थियो । तर तोकिएबमोजिमको रिपो बिक्री हुन नसकेकाले पुनः बिक्री आह्वान गरिएको बताइएको छ ।

बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले तिर्न सक्ने ब्याजसहित बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको