Like us!
Follow us!
Connect us!
Watch us!

बिक्न छाडे टिनका बाकस

बुधबार, २७ पुस २०७३, १६ : ५४ मा प्रकाशित

बिक्न छाडे टिनका बाकस

अर्थसंसार
काठमाडौँ – कपडालगायतका सामानहरु राख्न मिल्ने बाकसको प्रयोग घट्दै गएकाले यसका ब्यापारी पनि पेशा परिवर्तन गर्ने मनस्थितिमा पुगेका छन् । टिनको पाता, काठबाट बनाइने बाकसको प्रयोग पछिल्लो समय घट्दै गएको छ ।  

टिनको बाकस विभिन्न आकारमा बनाईन्छ । कुपन्डोलमा टिनको बाकस बनाउँदै आएका व्यापारी सवजि जसवाल ब्यापार घट्दै गएको बताउँछन् । उनले एक दिनमा ३ देखि ४ वटा बाकस बनाउँछन् । पहिले उनको पसलबाट दिनमा १० वटासम्म बाकस बिक्ने गर्थे ।

आजकल दिनमा ३/४ वटा मात्र बिक्ने उनले बताए ।  टिनको बाकस बनाउने सामान उनले ललितपुरकै कुमारपाटीबाट ल्याउने गर्छन्  । उनी विगत १० वर्षदेखि टिनको बाकस बनाएर बेच्दै आएका छन् ।

उनले बनाउने ४ फिटको ठूलो बाकसको मूल्य ३ हजार रुपैयाँ पर्दछ ।  सानो २ फिटको बाकस उनी १ हजार रुपैयाँमा उपलब्ध गराउँछन् । एउटा बाकसमा २ देखि ३ सय रुपैयाँसम्म फाईदा हुने उनले बताए । पहिलेदेखि गर्दै आएको व्यवसाय राम्रो नचलेकाले अर्को व्यवसाय गर्ने सोच बनाएको उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको