Like us!
Follow us!
Connect us!
Watch us!

पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी ज्ञवाली हटाइए, योजना आयोगका पूर्व उपाध्यक्ष पोखरेलले पाए नयाँ नियुक्ती

बुधबार, २७ पुस २०७३, १२ : ५९ मा प्रकाशित

पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी ज्ञवाली हटाइए, योजना आयोगका पूर्व उपाध्यक्ष पोखरेलले पाए नयाँ नियुक्ती

अर्थ संसार

काठमाडौं–सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदबाट बर्खास्त गरेको छ । मन्त्री परिषदको बुधबारको बैठकले ज्ञवालीलाई हटाएपछि उक्त पदमा राष्ट्रिय योजना आयोजका पूर्व उपाध्यक्ष डा. गोविन्द पोख्रेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

पोखरेललाई तत्कालीन शुसिल कोइराला नेतृत्वको सरकारका पालामा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए । अहिले पनि उनी कांग्रेसको प्रस्तावमा प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । 

सरकारले ज्ञवालीलाई हटाउन दुई पटक स्पष्टिकरण सोधेको थियो । उनलाई चित्तबुझ्दो नगरेको आरोप सरकारले लगाएको थियो । सरकारले सोधेको स्पष्टिकरणको प्रतिउत्तरमा उनले सरकारकै असहयोगले काम गर्न नसकिएको बताएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकारले  पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । 

यो पनि पढ्नुहोस्

नेपाल लाइफको एफपिओ आजदेखि, कहाँकहाँ गर्न सकिन्छ आवेदन ?

सहयोगी विकास बैंको समायोजित मूल्य ३२४ रुपैयाँ

आस्बा प्रणालीमा आफूहरुलाई पनि सामेल गर्न ग वर्गका वित्तीय संस्थाहरुको माग

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको