शुक्रबार, ०८ मङि्सर २०७४, १३ : १५
नेपाल लाइफको एफपिओ आजदेखि, कहाँकहाँ गर्न सकिन्छ आवेदन ? म्युचअल फन्डहरुसमेत दोस्रो बजारमा लगानी नगरेर एनएलआइसीको एफपिओ पर्खेर बसेकाले अधिक आवेदन पर्ने सम्भावना
बुधबार, २७ पुष २०७३

अर्थ संसार

काठमाडौं–नेपाल लाईफले बुधबार (पुस २७) देखि फर्दर पब्लिक अफरिङ (एफपिओ) निस्कासन खुला गरेको छ ।  कम्पनीले ३१ लाख कित्ता सेयर निस्कासन गर्न गरेको छ । सेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । नेपाल लाइफले १ सय रुपैयाँ मूल्य अंकित सेयरमा १३२५ रुपैयाँ प्रिमियम जोडेर १४२५ रुपैयाँ प्रतिकित्तामा एफपिओ निस्कासन गर्न लागेको हो । 

नेपाल लाइफको एफपीओमा न्युनतम १० कित्ता र अधिकतम ३० हजार ९ सय ६० कित्तासम्मका लागि आबेदन गर्न पाईने छ । लगानीकर्ताले १० कित्ता र १० ले भाग जाने कित्ताका लागि आवेदन गर्न सक्नेछन् । नेपाल लाइफको एफपिओ भर्न विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल र सिद्धार्थ बैंकका सबै शाखाहरुबाट आवेदन गर्न सकिने छ ।

कम्पनीले अरु बैंकमा समेत आवेदन संकलन केन्द्र राखेको छ । नेपाल लाईफले सर्बसाधारणको सेयर अनुपात बृद्धि गर्न ३० लाख ९६ हजार ४२९ कित्ता एफपीओ जारी गर्न लागेको हो । कम्पनीको एफपीओमा माघ २ गतेसम्म आबेदन गर्न सकिने छ ।

नेपाल लाइफको एफपीओ निश्काशनपछि प्रिमियमा संकलन गरेको रकम ४ अर्ब १० करोड रुपैयाँ जगेडा कोषमा जम्मा हुने छ । यसपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४७ करोड नाघ्ने छ । 

राम्रो नाफा कमाइरहेको कम्पनी भएकाले सबैको यसको एफपिओमा आकर्षण छ । त्यसैले बजारमा एनएलआइसीको एफपीमा लगानी गर्न नगद साँचेर राखेका छन् । विभिन्न म्युचअल फण्डहरुले समेत दोस्रो बजारमा लगानी नगरेर राखेको नगद यही एफपिओमा लगानी गर्ने तयारी गरेका छन् ।

त्यसैले एनएलआइसीको एफपिओमा अधिक आवेदन पर्ने सम्भावना छ । यही अबस्थालाई दृष्टिगत गरी विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सिद्धार्थ बैंकका सबै शाखासहित अरु बैंकमा समेत गरी ७९ स्थानबाट आवेदन संकलन गर्ने ब्यवस्था मिलाएको छ । 

© Arthasansar.com 2016, All Rights Reserved