Like us!
Follow us!
Connect us!
Watch us!

जोशी हाइड्रोपावरको IPO : माग भन्दा झण्डै ४ गुणा आवेदन, पर्ने संभावना कति ?

विहीबार, २० मंसिर २०७५, ०८ : ०० मा प्रकाशित

जोशी हाइड्रोपावरको  IPO :  माग भन्दा झण्डै ४ गुणा आवेदन, पर्ने संभावना कति ?

अर्थ संसार, काठमाडौं– जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निश्कासन गरको साधारण शेयर (आइपिओ) मा ५९ करोड १२ लाख ६५ हजार रुपैयाँको आवेदन परेको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले बुधबार ५ बजेसम्ममा ८२ हजार ६६५ जनाले ५९ लाख १२ हजार ६५० कित्ताका लागि आवेदन दिएको नेपाली पैसालाई जानकारी दिए । यो माग भन्दा ३.८० गुणा धेरै हो । जोशीको आइपीओ भर्ने म्याद बुधबार सकिएको छ ।

अन्तिम रुजू गरिएको तथ्यांक आउन बाँकी भएकाले आवेदक संख्या र रकम अझै बढ्न सक्ने उनले बताए । जोशी हाइड्रोपावरले मंसिर १६ गतेदेखि १६ लाख ९० हजार ४७० कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले ५० हजार ७१४ कित्ता (३%) कर्मचारी र ८४ हजार ५२३ कित्ता (५%) कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । यसबाट बाँकी रहेको १५ लाख ५५ हजार २३३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गरिएको हो ।

कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट क्षमताको ‘माथिल्लो पिलुवा १’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

कम्पनीले १५ लाख ५५ हजार २३३ कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीले यस अघि आयोजना प्रभावित इलामका लागि तीन लाख ७१ हजार ४ सय कित्ता शेयर बिक्री गरेको थियो । कम्पनीको शेयर बिक्री प्रन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडले रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि(आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने छन् । विद्युत् विकास विभागबाट मिति २०७० जे ठ १२ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको