Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंक र नेपाल नेत्र ज्योती संघबिच संझौता

बुधबार, १२ मंसिर २०७५, १२ : १२ मा प्रकाशित

जनता बैंक र नेपाल नेत्र ज्योती संघबिच संझौता

अर्थ संसार,काठमाडौं– संस्थागत सामाजिक उत्तरदायित्वमा स्वास्थ्यलाई प्राथमिकतामा राखि देशको दुर्गम स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको यस जनता बैंक नेपाल र नेपाल नेत्रज्योति सँघ बिच एक संझौता सम्पन्न भएको छ ।

जनता बैंक नेपालका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा. डा. तिर्थप्रसाद मिश्रले संझौता पत्र आदान प्रदान गर्नु भएको हो ।

संझौता अनुसार यस आर्थिक बर्षमा देशको दुर्गम तथा विपन्न समुदायलाई लक्षित गरि निःशुल्क आँखा शिविर संचालन गरिने छ । शिविरमा मोतिबिन्दुको अपरेशन गर्नु पर्ने विरामीको निःशुल्क अपरेशन गर्नुको साथै आवश्यक औषधी तथा चश्मा वितरण गरिने छ । यस बर्ष रसुवा, रामेछाप, रोल्पा र हुम्लामा स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम रहेको छ ।

स्वास्थ्य शिविरमा आँखा उपचारको साथै स्त्री तथा प्रसूति रोगसँग सम्बन्धि बिरामीको परिक्षण गर्नुको साथै आङखस्ने समस्या भएका महिलाहरुको निःशुल्क अपरेशनको समेत व्यवस्था मिलाइने छ ।

गत आर्थिक बर्षमा सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची र जुम्लामा गरिएको स्वास्थ्य शिविरमा ८२ जनाको मोतिबिन्दुको निःशुल्क अपरेशन, ७ जना महिलाहरुको पाठेघरको निःशुल्क अपरेशन गरिएको थियो भने करिव ४००० जनताहरुको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको