Like us!
Follow us!
Connect us!
Watch us!

अलटिमेट हाई टेकले माग्यो ३६ जना कर्मचारी

सोमबार, २५ पुस २०७३, १४ : ४० मा प्रकाशित

अलटिमेट हाई टेकले माग्यो ३६ जना कर्मचारी

अर्थसंसार

काठमाडौँ – के तपाई प्रेसमा काम गर्ने सोचमा हुनुहुन्छ ? काठमाडौँको बागबजारमा रहेको अलटिमेट हाई टेक प्रेसले ३६ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । उक्त प्रेसले स्नातक वा एमबिए गरेर ५ वर्षको अनुभव भएको एक जना अफिस मेनेजरका लागि दरखास्त खुल्ला गरेको छ । यस्तै ४ वर्षको अनुभवसहित स्नातक वा एमबिए गरेको एक जना मार्केटिङ मेनेजरमा आवेदन मागेको छ । 

यस्तैगरी ५ वर्षको अनुभवसहित स्नातक गरेको एकजना कर्मचारीको लागि सुपरभाईजरमा दरखास्त खुल्ला गरेको छ । यस्तै मार्केटिङ एक्जुकेटिभ एकजनाका लागि पनि आवेदन मागिएको छ । उक्त पदका लागि आवेदन गर्नेले स्नातक गरी बाईकको चालक अनुमति पत्र भएको हुनुपर्नेछ । 

यस्तै प्रेसले स्नातक वा स्नाकोत्तर गरेका ३ जना सेल्स अफिसर मागेको छ । उक्त पदका लागि पनि बाईकसहित अनुमति पत्र भएको हुनुपर्नेछ । यस्तैगरी स्नातक वा स्नाकोत्तर गरेका ३ जना डिजाइनरका लागि पनि आवेदन खुल्ला गरेको छ । उक्त पदका लागि २ वर्षको अनुभव भएको हुनुपर्नेछ । 

यस्तै डिजाइन असिष्टेन्ट वा ट्रेनी २ जनाको लागि पनि आवेदन खुल्ला गरेको छ । उक्त पदका लागि स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्नेछ । यस्तैगरी प्रेसले रिसेप्सनिष्ट २ जनाका लागि पनि आवेदन खुल्ला गरेको छ । उक्त पदमा लागि २ वर्षको अनुभवसहित स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्नेछ ।

यस्तै दश कक्षा पास गरेका २ जना सहायक अपरेटर र २ जना मेसिन अपरेटरको लागि पनि आवेदन खुल्ला गरेको छ । यस्तैगरी साधरण लेखपढ गर्ने जान्ने ३ जना हेल्पर, २ जना मेसिन अपरेटर, २ जना कटिङ मेसिन अपरेटर, २ जना मेसिन अपरेटरको लागि पनि आवेदन खुल्ला गरेको छ ।

यस्तै साधारण लेखपढ गर्ने जान्ने बुक बाइन्डर ५ जना, गार्ड २ जना, ड्राइभर २ जना र कार्यालय सहायक २ जनाको लागि पनि दरखास्त आह्वान गरेको छ । ईच्छुक व्यक्तिले ७ दिनभित्र निवेदन, प्रमाण पत्रहरु, व्यक्तिगत विवरण र फोटोसहित  [email protected] मा आवेदन दिन सक्नेछन् । 

यी विषय पढ्न छुटाउनु भयो कि ? 

स्वाबलम्बनमा दुई नयाँ संचालक नियुक्त

सूचिकृत कम्पनीलाई बर्गिकरण गर्न नेप्सेले माग्यो विवरण

बाल्यकालमै दुवै गोडा गुमाएर जीउनु पर्दा

‘बिग बोस’ छोड्ने किक खानको तयारी, कारण यस्ता छन्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको