Like us!
Follow us!
Connect us!
Watch us!

सूचिकृत कम्पनीलाई बर्गिकरण गर्न नेप्सेले माग्यो विवरण

सोमबार, २५ पुस २०७३, १३ : ३९ मा प्रकाशित

सूचिकृत कम्पनीलाई बर्गिकरण गर्न नेप्सेले माग्यो विवरण

अर्थ संसार

काठमाडौं–नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीलाई बर्गिकरण गर्न विस्तृत विवरण माग गर्दै सूचना जारी गरेको छ ।  धितोपत्र सूचिकरण विनियमावली अनुसार त्यस्तो विवरण बुझाउने कम्पनीको मूल्यांकन गरेर नेप्सेले कम्पनीलाई बर्गिाकरण गर्छ । 

नियमावली अनुसार नेप्सेले कम्तिमा २ करोड रूपैयाँ चुक्ता पूँजी भएको, साधारण सेयरधनी संख्या कम्तिमा १ हजार जना भएको, सर्वसाधारणलाई सेयर निष्कासन गरेको, कम्तिमा तीन वर्षदेखि लगातार मुनाफामा रहेको, सेयरको किताबी मूल्य चुक्ता मूल्यभन्दा बढी भएको र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र कारोबार र आयव्यय विवरण स्टक एक्सचेन्जमा पेस गरिसकेको कम्पनीलाई नेप्सेले क वर्गमा समावेश गर्न सक्ने ब्यवस्था छ । नेप्सेले त्यस्तो विवरण माघ १० गतेभित्र बुझाउन सूचिकृत कम्पनीहरुलाई आग्रह गरेको छ । 

यी विषय पढ्न छुटाउनु भयो कि ? 

बाल्यकालमै दुवै गोडा गुमाएर जीउनु पर्दा

‘बिग बोस’ छोड्ने किङ खानको तयारी, कारण यस्ता छन्

5873440343925.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको