Like us!
Follow us!
Connect us!
Watch us!

घुस लिएको अभियोगमा लेखापाल पक्राउ

सोमबार, १९ कार्तिक २०७५, १९ : ०५ मा प्रकाशित

घुस लिएको अभियोगमा लेखापाल पक्राउ

अर्थ संसार, काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाठ्यक्रम विकास केन्द्र भक्तपुरका लेखापाल गुणराज दाहालले रु २५ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

लेखापाल दाहाललाई राष्ट्रिय बहिरा महासङ्घ नेपाललाई कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई साङ्केतीकरण र दृश्य सामग्री तयार गर्ने सम्झौता गरेकामा उक्त कार्य पूरा गरी बिल भुक्तानी माग गर्दा घुस मागेको अभियोग लागेको छ ।

आरोपी दाहालको थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

यस्तै आयोगले आजै जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक नीरबहादुर अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको