Like us!
Follow us!
Connect us!
Watch us!

बंगुरको मासु कसरी पकाउने ?

आइतबार, २४ पुस २०७३, ११ : ४५ मा प्रकाशित

बंगुरको मासु कसरी पकाउने ?

अर्थ संसार
काठमाडौं–बंगुरका मासुको बढ्दो लोकप्रियतालाई ध्यान दिएर गेट कलेजले पहिलो पटक पोर्क कुल्नरी ट्रेनिङ्ग आयोजना गरेको छ । बेलायती सहयोग नियोग यूके एडको सहयोगमा सामर्थ सिप्रेड, नेपाल बंगुर व्यवसायी महासंघ र गेट कलेजद्वारा पुस २१ देखि २३ सम्म आयोजित तालिममा नेपालका पाँचै विकास क्षेत्रका २५ जनाको सहभागिता थियो ।

‘‘बंगुरको मासु स्वास्थ्यका लागि लाभदायक हुन्छ भन्ने कुरा आममानिसमा चेतना जगाउने उद्देश्यले यो तालिम कार्यक्रम आयोजना गरिएको हो,’ तालिमका संयोजक गेट कलेजका प्रमुख प्रशिक्षक कुमार चालिसेले भने । यस्तै  बंगुर व्यवसायी महासंघका अध्यक्ष उमेशकुमार राईले व्यावसायिक रुपमा १ हजार कुखुरा पाल्नुभन्दा एउटा बंगुर पाल्नु फाइदाजनक हुने बताए । 

उक्त कार्यक्रममा सेफ कुमार चालिसेद्वारा लिखित पोर्क कुलनरी बुकको गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले विमोचन गरे । ‘विगतमा बंगुरको मासुलाई हेर्ने दृष्टिकोण निकै भिन्न थियो, क्षेत्रीबाहुनले खान हुँदैन भन्ने थियो, तर विश्वभरीका खाद्य परिकारमा बंगुरका मासुका परिकारलाई फरक ढंगले लिइन्छ,’ लकाईंले भने ।

सामथ्यका प्रमुख व्यवस्थापक एवं पशुविज्ञ डा. नन्दप्रसाद श्रेष्ठले बंगुरको मासुलाई सफा, स्वस्थ्य र स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने बुझाउन यस्ता तालिमले सहयोग पुग्ने बताए । सेफ एसोसिसनका उपाध्यक्ष सुरेशचन्द्र बस्नेत र महासचिव श्रीराम अधिकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बंगुरको मासुका परिकारलाई प्रबर्धन गर्नका लागि यसको परिकार बनाउने कलालाई प्रबर्धन गर्न सकिने बताए । 

यो पनि पढ्नुहोस्

संविधान संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचन घोषणा गर्नुपर्ने एमाले महासचिवको भनाइ

नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्चले गर्यो सम्मान

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको