Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन उर्जाको ९ लाख ९० हजार कित्ता आइपिओ बिक्री खुल्ला, कहाँबाट आवेदन दिने ?

मंगलबार, ०६ कार्तिक २०७५, ०८ : ४७ मा प्रकाशित

हिमालयन उर्जाको ९ लाख ९० हजार कित्ता आइपिओ बिक्री खुल्ला, कहाँबाट आवेदन दिने ?

अर्थ संसार, काठमाडौं– हिमालयन उर्जा विकास कम्पनीको साधारण शेयर (आइपिओ) कात्र्तिक ६ गते अर्थात  (आज) देखि निश्कासन  भएको छ ।

कम्पनीले स्थानीयवासीको लागि ९ लाख ९० हजार कित्ता आइपिओ निश्कासन गरेको हो । कम्पनीको अनुसार कात्र्तिक ६ गतेदेखि निश्कासन भएको आइपिओ छिटोमा कार्तिक २० गते र ढिलोमा मंसर ५ गतेसम्म निश्काशन हुनेछ ।

यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट  बैंकिङ लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । उक्त आइपिओ निश्कासनको लागि नियामन निकाय सेवनबाट असोज २ गते स्वीकृती पाएको थियो ।

आवेदन  दिने स्थानीहरु

स्थानीयवासीको लागि निश्कास गरेको आइपिओमा आवेदन रामेछाप जिल्लामा खोलिएका सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, सेन्चुरी  कमर्सियल बैंक र एनएमबी बैंकको शाखाबाट लगानीकर्ताले आवेदन दिन सक्नुहुनेछ ।

कम्पनीले आयोजना प्रभावित रामेछापको गोकूलगंगा गाँउपालिकाका २, ३, ४ र ५ वडा र दोलखाको जिरी नगरपालिका ३, तामाकोशी गाँउपालिकाको ५ र ६ तथा मन्थली नगरपालिका १३ का बासिन्दालाई शेयर बिक्री गर्न लागेको हो ।

आयोजना प्रभावित स्थानीयलाई अति प्रभावित र कम प्रभावितका रुपमा छुट्याएर क्रमशः ६० र ४० प्रतिशत शेयर बिक्री गर्न लागिएको हो । एक सय रुपैयाँ अंकित मूल्यका ती शेयरको बिक्री तथा बाँडफाँडपछि आम सर्वसाधारणलाई शेयर बिक्री गरिने आयोजनाले जनाएको छ ।

न्यूनतम ५० कित्ता र अधिकत्तम ४ हजार ९०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्पनीले १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र ७ मेगावाट क्षमताको माथिल्लो खिम्ती दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाले आगामी चैत १ गतेदेखि व्यवसायिक रुपमा विद्युत् उत्पादन गर्ने तयारी गरेको छ ।

कम्पनीका अनुसार माथिल्लो खिम्तीको लागत १ अर्ब ९१ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको छ भने माथिल्लो खिम्ती दोस्रोको लागत एक अर्ब २३ करोड २२ लाख ६० हजार रुपैयाँ रहेको छ ।

यो पनि पढ्नुहोस्

दशैंको दक्षिणा शेयरमा लगानी गरौं, थोरै लगानीबाट धेरै नाफा कमाउने अवसर !

शीतलनिवासको त्यो एउटा भाईरल तस्बिर.. 

दशैँपछि राजधानीमा चहलपहल : दैनिक १ लाख बढी यात्रु भित्रिए 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको