Like us!
Follow us!
Connect us!
Watch us!

नाबालिकाको अपहरण, जबरजस्ती करणी एवं हत्या गरी फरार अभियुक्त पक्राउ

आइतबार, ०४ कार्तिक २०७५, १४ : ०७ मा प्रकाशित

नाबालिकाको अपहरण, जबरजस्ती करणी एवं हत्या गरी फरार अभियुक्त पक्राउ


अर्थ संसार,सुनसरी, ४ - कात्तिक-नाबालिकाको अपहरण, जबरजस्ती करणी एवं हत्या गरी फरार अभियुक्त महोत्तरी भङगाहा नगरपालिका-६ बस्ने २६ वर्षीय भरत साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

 महोत्तरी औरही नगरपालिका-१ बस्ने ८ महिनाकी नाबालिकालाई गत भदौ १० गते सोही स्थानबाट अपहरण गरी जबरजस्ती करणी तथा हत्या गरी फरार साहलाई सुनसरीको कोशी ब्यारेजबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले भारतीय नम्बरको ३ थान सिमकार्ड बरामद गरेको छ ।

संगठित अपराध, जघन्य अपराध, महिला तथा बालबालिकामाथिको अमानवीय कार्यप्रति कानूनी कठोरता अपनाउने प्रहरी संगठनको नीति अनुरुप अपराधलाई रोकथाम तथा नियन्त्रणका लागि विशेष सुरक्षा योजना बनाई जाँच गर्ने क्रममा साहलाई फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले अभियुक्त साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको