Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्सुरेन्सको नाफा १९ करोड २२ लाख

आइतबार, ०३ भदौ २०७५, १३ : ०२ मा प्रकाशित

प्रिमियर इन्सुरेन्सको नाफा १९ करोड २२ लाख

अर्थ संसार, काठमाडौं– इन्स्योरेन्सको माझ आफ्नो छुट्टै स्थान बनाउन सफल  प्रिमियर इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा १९ करोड २२ लाख २३ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

अघिल्लो वर्ष प्रिमियरले १८ करोड १५ लाख १५ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।  यसलाई हेर्दा अघिल्लो वर्षको तुलनामा ५।८९ प्रतिशतले बढेको हो ।

यस त्रैमाससम्ममा इन्सुरेन्सले ८१ करोड ४२ लाख ४१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष ७४ करोड १६ लाख २५ हजार रुपैयाँ मात्र बिमा शुल्क आर्जन भएको थियो । यता, पुनर्बिमा कमिसनबाट १७ करोड १७ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष १२ करोड ७८ लाख ३ हजार रुपैयाँ यस्तो आम्दानी भएको थियो ।

यस अवधिसम्म कम्पनीले १ अर्ब ५४ करोड ६८ लाख २७ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन रहेको छ भने कुल १ अर्ब २८ करोड ३६ लाख २६ हजार रुपैयाँ दाबी भुक्तानी गर्न सफल भएको छ । भुक्तानी हुन बाँकी दाबी रकम १ अर्ब ३ करोड १७ लाख रुपैयाँ छ । प्रिमियरको जारी बिमा लेखको संख्या १ लाख ९७ हजार ७८ पुगेको छ ।
 
चुक्ता पुँजी ५८ करोड ४० लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ६६ करोड २६ लाख ६९ हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा रिजर्भ कोष निकै आकर्षक मान्न सकिन्छ । बिमा कोषको आकार पनि ३२ करोड ९८ लाखबाट बढाएर ४१ करोड ३० लाख ९० हजार रुपैयाँँ पुर्याएको छ ।

प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९१ पैसा रहेको प्रिमियरको प्रतिसेयर नेटवर्थ भने २९० रुपैयाँ ६० पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको