Like us!
Follow us!
Connect us!
Watch us!

रियल म्याड्रिड र बायर्न म्युनिख २-२ को बराबरीमा रोकिए

अर्थ संसार

बुधबार, १९ बैशाख २०८१, ०७ : १७ मा प्रकाशित

रियल म्याड्रिड र बायर्न म्युनिख २-२ को बराबरीमा रोकिए

युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र बायर्न म्युनिख बराबरी खेलेका छन् ।

बायर्नको घरेलु मैदानमा गएराती सम्पन्न खेलमा रियल म्याड्रिड र बायर्न म्युनिख २-२ को बराबरी खेलेका हुन् ।

खेलमा पहिलो गोल रियल म्याड्रिडका भिनिसियस जुनियरले गरे पनि दोस्रो हाफको ५३ र ५७औं मिनेटमा बायर्न म्युनिखले गोल गर्दै खेलमा २-१ को अग्रता लिएको थियो । बायर्नका लागि लिरोय साने र ह्यारी केनले एक एक गोल गरेका थिए । त्यसपछि खेलको ८३औं मिनेटमा रियल म्याड्रिडले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेको थियो । रियलका लागि भिनिसियसले नै दोस्रो गोल गरेका थिए ।

अब सेमिफाइनलको दोस्रो लिग रियल म्याड्रिडको घरेलु मैदानमा मे ९ मा हुने छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको