Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना केबलकारले सेवा बन्द गर्ने

अर्थ संसार

बुधबार, १८ साउन २०७९, ११ : ५९ मा प्रकाशित

मनकामना केबलकारले सेवा बन्द गर्ने

नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि श्रावन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको छ । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको हो ।

यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुनेछ । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति  गर्न लागिएको हो ।  स्तरोन्नतिकार्य  अष्ट्रियाका  प्राविधिकहरुले गर्ने छन् ।

स्तरोन्नति कार्य करिब पाँचदेखि छ हप्तामा सम्पन्न हुने छ यस अवधिभर केबलकार सेवा बन्द रहेता पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहनेछ।

62ea12542566c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको