Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना प्रकोप : विश्वभर ८ लाख ८७ हजारभन्दा बढीको मृत्यु, कति पुगे संक्रमित ?

सोमबार, २२ भदौ २०७७, १३ : ४५ मा प्रकाशित

कोरोना प्रकोप : विश्वभर ८ लाख ८७ हजारभन्दा बढीको मृत्यु, कति पुगे संक्रमित ?

अर्थ संसार, काठमाडौं - विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ८७ हजार ५९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ७२ लाख ९६ हजार ३०३ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ९३ लाख ७९ हजार ४९८ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७० लाख २९ हजार २०६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ५९ हजार ९९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।  कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।  

अमेरिकामा ६४ लाख ६० हजार ४२१ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३७ लाख २६ हजार  ९९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९३ हजार २५३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ४२ लाख ४ हजार ६१३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ  ३२ लाख ५० हजार ४२९ कोरोना भाइरस मुक्त भएका छन् भने ७१ हजार ६८७ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४१ लख ३७ हजार ६०६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३३ लाख १७ हजार २२७ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २६ हजार ६८६ जनाको मृत्यु भएको छ ।  

रुस १० लाख २५ हजार ५०५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ  ८ लाख ४० हजार ९४९ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ८२० जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख  ८९ हजार ९७७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख  १५ हजार ४९ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ८३८ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ६६ हजार ५२१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख  १८ हजार  २२९ कोरोना भाइरस मुक्त भएका छन् भने २१ हजार ४१२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख  ३८ हजार ५१७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख  ६३ हजार ८९१ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ८८९ जनाको मृत्यु भएको छ । 

मेक्सिकोमा ६ लाख ३४ हजार २३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख  ४२ हजार २६८ कोरोना भाइरस मुक्त भएका छन्  भने ६७ हजार ५५८ जनाको मृत्यु भएको छ । 
स्पेनमा ५ लाख  १७ हजार  १३३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ४१८ जनाको मृत्यु भएको छ ।  अर्जेन्टिना ४ लाख ७८ हजार ७९२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ३९ हजार १३२ कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार  ८५९ जनाको मृत्यु भएको छ । रासस 

<h1><strong>कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज</strong></h1>

<div id="M221582ScriptRootC935551">
<h1><iframe allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen="" frameborder="0" height="315" src="https://www.youtube.com/embed/evuEn5YkYlk" width="560"></iframe></h1>
</div>
<script src="https://jsc.mgid.com/a/r/arthasansar.com.935551.js" async></script><!-- Composite End -->

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको