Like us!
Follow us!
Connect us!
Watch us!

समाज लघुवित्तको आइपिओ बाँडफाँडको साइत जुर्यो !

अर्थ संसार

विहीबार, ११ भदौ २०७७, १८ : ४५ मा प्रकाशित

समाज लघुवित्तको आइपिओ बाँडफाँडको साइत जुर्यो !

अर्थ संसार, काठमाडौं–समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले निश्काशन गरेको आइपिओ शनिबार बाँडफाँड हुने भएको छ ।  शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको अनुसार भदौ १३ गते अर्थात शनिबार बाँडफाँड गर्ने तयारी रहेको छ ।

लघुवित्तले भदौ ४ गतेदेखि ८ गतेसम्म आइपिओ निश्काशन गरेको थियो ।  प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि बिक्रीमा ल्याएको थियो।

लघुवित्तको आइपीओमा ५ लाख ६४ हजार १३८ जना आवेदकबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो। यो भनेको माग भन्दा १४८।५६ गुणा बढी आवेदन परेको  हो । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको