Like us!
Follow us!
Connect us!
Watch us!
चम्मिएको शेयर बजारले हाइड्रोपावर समूहलाई छोएन

१७ वटा हाइड्रोपारको शेयर मूल्य १०० भन्दा कम, कुन कम्पनीको प्रति कित्ता मूल्य कति ?

अर्थ संसार

विहीबार, ११ भदौ २०७७, १७ : ५७ मा प्रकाशित

१७ वटा हाइड्रोपारको शेयर मूल्य १०० भन्दा कम, कुन कम्पनीको प्रति कित्ता मूल्य कति ?


अर्थ संसार, काठमाडौं–  यो साता शेयर  बजारमा एकाएक उछाल आएको छ । साताको पहिलो दिन आइतबारदेखि बुधुबारसम्म शेयर बजारले उकाला बाटो समातेको थियो । तर बिहीबार भने बजारमा करेन्शन भई सामान्य अंकले घटेको छ । समग्रमा हेर्दा यो साता लगानीकर्ताको लागि सुखमय नै रहेको छ ।

यो हप्ता नेप्से १३९६ विन्दाबाट बढेर १४५७.६७ विन्दुपमा पुगेको छ ।  शेयर बजार यो हप्ता एकाएक बढेपनि हाइड्रोपावर समूहलाई भने छुन सकेन । विशेष गरी बीमा र बैकिङ क्षेत्रमा लगानीकर्ता आकर्षित भएका छन् । लगानीकर्ताको सवै भन्दा कम रोजाइमा होटल समूह र जलविद्युत समूहमा रहेका छन् । नेप्सेमा ३३ वटा हाइड्रोपावर कम्पनीको शेयर सूचिकृत छ ।

३३ वटामध्ये  प्रतिकित्ता १ सय रुपैयाँ भन्दा कम मूल्यका १७ वटा कम्पनी,  १ सय देखि २ सय रुपैयाँको विचमा १२ वटा कम्पनी र २ सय रुपैयाँ भन्दा माथिको कम्पनी ४ वटा रहेका छन् १७ वटा  हाइड्रोपार कम्पनीको आइपिओको मूल्य भन्दा कम छन् । यसको अर्थ हाइड्रोपावर कम्पनीको आइपिओको लगानी समेत डुबेका छन् । 

किन हाइड्रोपावरको शेयर लगानीक कर्ताको रोजाइमा पर्न सकेन ? 

हाइड्रोपावर सेक्टर लगाम बिनाको घोटा रुपमा लगानीकर्ता बुझेका छन् । हाइड्रोपावर क्षेत्रको नियामक निकाय छैन् । पछिल्लो समय गठन भएको विद्युत नियमन आयोगले पनि प्रभावकारी भूमिका खेलेको देखिदैन । हाइड्रोपार कम्पनीको आर्थिक सुशासन नुहनु नै यो समूहको शेयर मूल्य नबढ्नेको मुख्य कारण रहेका छ । कम्पनी भित्र आर्थिक सुशासन नुहँदा लगानीकर्तालाई लाभांश दिन सकिदैन् । जसकाले गर्दा लाभांश नदिने कम्पनीप्रति किन लगानीकर्ता आकर्षिक हुने ? आम लगानीकतोको प्रश्न हो । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको