Like us!
Follow us!
Connect us!
Watch us!
कारोबारमा टप १० कम्पनीहरु

नेपाल पुनर्बीमा लगानीकर्ता किन आकर्षित ?

अर्थ संसार

विहीबार, ११ भदौ २०७७, १५ : ४४ मा प्रकाशित

नेपाल पुनर्बीमा लगानीकर्ता किन आकर्षित ?

अर्थ संसार, काठमाडौं–  दोस्रो बजार नेप्सेमा पछिल्लो एक हप्तादेखि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनी  लिमिटेडको शेयर पर्दै आएको छ ।

कारोबार  रकमको आधारमा र शेयर कित्ता खरिदको आधारमा यो कम्पनीको पछिल्लो दिनहरुमा पहिलो नम्वरमा छ । बिहीबार मात्रै ३ लाख २५ हजार ११७ कित्ता शेयर खरिदविक्री हुँदा २३ करोड १२ लाख ९४ हजार ३२९ रुपैयाँको कारबोर भएको छ । 

लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनी पर्न थालेपछि यसको बजारमा चियोचर्चा समेत हुन थालेको छ । यसको मूल्य अझै बढ्ने लगानीकर्ताहरु  बताउँछन् । नेपालमा भएको इन्स्योरेन्स कम्पनीको पनि रिइन्स्योरेन्स कम्पनी भएकाले यसको मूल्य आकासिने उनीहरुको बनाई छ ।

अहिले दोस्रो बजारमा सूचिकृत भएको बीमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५देखि १ हजार रुपैयाँ भित्र रहेको छ । पुनर्बीमा कम्पनीको शेयर मूल्य बुधबार प्रतिकित्ता ७०८ रुपैयाँ छ ।

अरु इन्स्योरेन्स कम्पनीको शेयर मूल्य भन्दा पुनर्बीमा कम्पनीको शेयर मूल्य स्वाभाविकले माथि हुनु पर्ने लगानीकर्ताहरु बताउँछन् । लगानीकर्ताको यस्तो सोचाइले पुनर्बीमा कम्पनीको शेयरले दिनप्रतिदिन टफ गेनरमा बढ्दै गएको छ । 

पछिल्लो दिनहरुमा पुनर्बीमा कम्पनी जस्तै  नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, शिभम सिमेन्ट लिमिटेड, एनआइसी एशिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनएमबी बैंक लिमिटेड सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरैन्स लगानीकर्ताको रोजाइमा पर्दै आएका छन् । 

लगानीकर्ताको रोजाइका १० कम्पनीहरु (बिहीबार)

कारोबार रकमको आधारमा

 

 कित्ताको आधारमा 


 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको