Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ भर्ने लगानीकर्तालाई धन्यवाद – रिलायन्स लाइफ इन्स्योरेन्स

अर्थ संसार

बुधबार, १० भदौ २०७७, १६ : ३१ मा प्रकाशित

आइपिओ भर्ने लगानीकर्तालाई धन्यवाद – रिलायन्स लाइफ इन्स्योरेन्स

अर्थ संसार, काठमाडौं– साधारण शेयर (आइपिओ) मा माग भन्दा ३.८५ गुणा बढी आवेदन परेपछि आवेदकलाई रिलायन्स इन्स्योरेन्स लिमिटेडले धन्यवाद दिएको छ । कम्पनीले गत भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म निष्काशन भएको आइपिओ लगानीकर्ताको रोजाइमा परेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ६३ लाख कित्ता आइपिओमा ६ लाख ९ हजार लगानीकर्ताले आवेदन दिएका थिए । साढे  २ करोड भन्दा बढी कित्ताको लागि आवेदन परेको छ । 

माग भन्दा धेरै गुण बढी आवेदन दिई हामी प्रति देखाउनु भएको विश्वासको लागि सम्पूर्ण लगानीकर्तामा हामी हार्दिक धन्यवाद दिन चाहान्छौ कम्पनीले भनेको छ ।

साथै सो कार्यमा सहयोग गर्नुहुने बीमा समिति, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि., धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक – सानिमा क्यापिटल लि., शेयर प्रत्याभूतिकर्ता – प्रभु क्यापिटल लि., मिडिया हाउसहरु, कम्पनीको संचालक समिति, संस्थापकहरु, कम्पनीका कर्मचारी, रिलायन्स साथी (अभिकर्ता), ग्राहक तथा शुभ चिन्तकहरुमा हार्दिक कृतज्ञता ज्ञापन  गरेको छ । 

कम्पनी ६३ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत कर्मचारीहरुका लागि र बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको  थियो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । 
 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको