Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी इनर्जीको आइपिओमा ५० हजार जनाले दिए आवेदन, मेरो शेयरले दियो धोका !

अर्थ संसार

विहीबार, ०४ भदौ २०७७, १६ : ५५ मा प्रकाशित

लिवर्टी इनर्जीको आइपिओमा ५० हजार जनाले दिए आवेदन, मेरो शेयरले दियो धोका !

अर्थ संसार, काठमाडौं– लिवर्टी इनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आइपिओ) को दोस्रो दिन (बिहीबार)सम्म ५० हजार जनाले आवेदन दिएका छन् । 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बिहीबार ४ बजेसम्म ५० हजार जना आवेदकले २० लाख कित्ताको लागि आवेदन दिएका छन् । बजारमा तीन कम्पनीको आइपिओ निश्कासन सँगै मेरो शेयरमा लगानीकर्ताको चापको कारण बिहीबार लगानीकर्ताले धेरै लगानीकर्ताले आइपिओ भर्नबाट बन्चित भएका छन् ।  मेरो शेयर एकैपट ह्वात्तै लगानीकर्ताको चाप बढेका कारण सष्टम डाउन भएको सिडिएससीले जनाएको छ । 

Liberty Energy Company को IPO को सम्पूर्ण जानकारी | 

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका कूल ३५ लाख ६४ हजार ९३० कित्ता शेयर साधारण शेयर बिक्री खुला गरिएको छ । कम्पनीले पहिलो चरणमा स्थानीयवासीलाई आइपिओ निश्कासन गरिसकेको छ । यो दोस्रो चरणमा सर्वसाधारणको लागि आइपिओ निश्कासन गरको हो । आइपिओ स्थानीयवासीलाई जारी गरिसकेको र सर्वसाधारणलाई निश्कासन गरी बाँडफाँड पछि पश्चात कम्पनीको चुक्ता पूँजी रु १ अर्व ५० करोड हुनेछ ।

कहाँबाट आवेदन दिने ? 

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमिति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन गर्न सकिन्छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले  न्यूनतम १० कित्ता देखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। छिटोमा भदौ ७ गतेसम्म आवेदन दिन पाइनेछ भने सो अवधिसम्म निष्काशित सबै शेयर बिक्री नभएको खण्डमा भने भदौ १७ गतेसम्म खुला हुनेछ ।

रिलायन्सको आइपिओमा पहिलो दिन कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो ताजा अपडेट 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको