Like us!
Follow us!
Connect us!
Watch us!
आर्थिक पत्रकार /अधिवक्ता लिलानाथ घिमिरेको विचार (भिडियोसहित)

१०० मा आइपिओ पाउने दिन गएकै हो त ? के हो बुक बिल्डिङ्ग भनेको ?

मंगलबार, ०२ भदौ २०७७, १६ : ०२ मा प्रकाशित

नेपालमा पहिलो पटक नेपाल धितोपत्र बोर्डमा बुक बिल्डिङ विधि लागू भएको छ ।  धितोपत्र नियमावली निष्काशन २०७३ को तेस्रो संशोधनले नेपालमा धितोपत्र बोर्डमा बुक बिल्डिङ लागू गरेको हो । गत फागुनदेखि कार्यान्वयनमा ल्याएको थियो । यसले बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गर्ने निर्देशिकालाई भर्खरै पारित गरेको छ ।

अहिले बुक बिल्डिङ विधिबाट शेयर निष्काशनको लागि तोकिएको मापदण्ड पूरा गरी लगातार ३ वर्षदेखि कम्पनी मुनाफामा गएको हुनुपर्नै प्रवाधान छ । जसले शेयर निष्काशन गर्ने हो उस कम्पनीले वार्षिक साधारण सभाबाट बुक बिल्डिङ विधिबाट शेयर निष्काशन  गर्ने अनुमति प्राप्त गरेको हुनुपर्छ । 

बुक बिल्डिङ बिधिबाट सस्तोमा शेयर बिक्री गर्ने पर्ने अवस्था जस्तै १ सय रुपैयाँमा शेयर बेच्नु पर्ने अवस्थामा रियल सेक्टरका कम्पनीलाई बजारमा आउने सम्भावना छ ।  त्यस्तो विद्यमान् नरहन सक्छ त्यसैले मुनाफामा गएका कम्पनीले नेटवर्थको हिसाबमा बढिमा शेयर बिक्री गर्न पाउँछन् । 

अब 100 रुपैयाँमा IPO किन्ने दिन गए | बुक बिल्डिङ्ग भनेको के हो ? सम्पूर्ण जानकारी | Lilanath Ghimire

त्यस्तो अवस्थामा १ सयमा शेयर किन्छु भन्दा नपाउन सकिन्छ  । यसको लागि केहि बिधि तय गरेकोछ । 
शेयर निष्काशनको लागि आशयपत्र लिनुपर्छ । कुनै संस्थाले आशयपत्र आधारमा अनुमानित मूल्याङकन गर्छ ।
विवरण पत्र तयार पार्छ र न्यूनतमा २० प्रतिशत घटाएर १ सय शेयर भ्यालुको आधारमा धितोपत्र बोर्डमा स्वकृत निष्काशनको लागि आवेदन दिन्छ ।  धितोपत्र बोर्डले स्वकृत दिइसकेपछाडि स्वचालीत अनलाइन बिधिबाट बडाबडमा आवेदन आह्वान गर्छ । 

यस्तो अवस्थामा शेयर खरिद गर्ने संस्थाले २० प्रतिशतको लागि आवेदन गर्दछन् ।मूल्य सिमाभित्र अधिकतम मूल्य र न्यूनतम मूल्य भन्दा बढिमा कसैले खरिद गर्छ भने अन्तरको मूल्य कटअप प्राइस भयो ।  
कटअप प्राइसमा सर्वसाधारणमा कम गरी यस अगाडी १० कित्ताको लागि आवेदन दिने सिस्टम थियो भने अहिले ५० कित्ता खरिद गर्नुपर्ने हुन्छ । न्यूनतम बाडँफाड पनि ५० कित्ता नै गर्नुपर्ने हुन्छ । 
 
अहिलेको अवस्थामा ४० प्रतिशत संघ संस्थाको लागि शेयर खरिद गर्न पाउने र ६० प्रतिशत सर्वसाधारणले लागि गरिन्छ र यसैमा कर्मचारी पर्ने भएकाले शेयर पनि महंगो हुने देखिन्छ । उत्पादनसंग सम्बन्धित संस्थालाई बजारमा आउन सहज हुने अवस्था छ । बुक बिल्डीङले गर्दा संगठित संस्थाले धेरै शेयर किन्न मान्दैनन् जसले गर्दा त्यस्तो प्रकारको शेयर सामुहिक लगानीले खरिद गरेको हुन्छन् । 
जसले बुक विल्डिङबाट शेयर खरिद गर्दछन् । त्यस्तो शेयर ६ महिनासम्म होल्ड गर्नुपर्ने हुन्छ ।अबको अवस्थामा बढि कम्पनी आएर शेयरको प्mलो बढ्न सक्छ र डिमान्ड पनि बढाउँछ । यसमा सर्वसाधारण समावेस नहुने भएकाले राम्रो हुन्छ भन्ने हुन् सक्छ । यसले बजारलाई माथिनै लैजान्छ भन्ने अनुमान गर्न सकिन्छ । 

बजारमा शेयर मूल्य निर्धारण फेस भ्यालूमा आइपिओ लागू भएको अवस्था छ । कुनै लगातार ३ वर्ष मुनाफा गरेका कम्पनीले प्रिमियमा शेयर निष्काशन गर्न पाइरहेको छन् । विभिन्न प्रकरण हेरेर संस्थागत संस्थालाई फाइदा पुग्छ । 

बुक बिल्डिङले सर्वसाधारण व्यक्तिलाई निरुत्सान गरेको पनि पाइन्छ । अब न्यूनतम ५० कित्ता खरिद गर्नको लागि कम्तीमा ५ हजार खातामा हुनुपर्छ ।  यदि कुनै समयमा एकैचोटी २ वा २ भन्दा बढी को शेयर बजारमा निश्सकान हुँदा परिवार सदस्यहरुको पनि शेयर भर्ने व्यक्तिको लागि समस्या देखिन्छ ।

अहिले न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिँदा जति कम्पनी आएपनि परिवारमा भएका ४/५ जनाको शेयर आवेदन दिन सकिन्थ्यो भने बुक बिल्डिङ्ग लागू भएपछि ठूलौ रकम जम्मा गर्नु पर्दा समस्या देखिन्छ । 
 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको