Like us!
Follow us!
Connect us!
Watch us!

नागबेली लघुवित्तको नाफा बढ्दा के भयाे अरू सूचक ? (विवरणसहित)

निशा हुमाँगाई

बुधबार, २८ साउन २०७७, १५ : ३१ मा प्रकाशित

नागबेली लघुवित्तको नाफा बढ्दा के भयाे अरू सूचक ? (विवरणसहित)

अर्थ संसार काठमाडाैं - नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चौथो त्रैमाससम्ममा संस्थाले ३ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा  ११.५९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३ करोड ५५ लाख  रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, चौथो त्रैमाससम्ममा संस्थाले १२ करोड ५७ लाख रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा ३६.३३ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ९ करोड २२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

यस्तै, चौथो खुद त्रैमाससम्ममा संस्थाकाे सञ्चालन मुनाफा पनि  ५ करोड ९ लाख रुपैयाँबाट बढेर ६ करोड २९ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २१ करोड १२ लाख रुपैयाँ, जगेडा कोषमा ११ करोड २२ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १८ रुपैयाँ ७७ पैसा र प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ १२ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको