Like us!
Follow us!
Connect us!
Watch us!

मेगा क्यापिटलका शेयरधनीलाई अत्यन्तै जरूरी सूचना

निशा हुमाँगाई

बुधबार, २८ साउन २०७७, १४ : ३३ मा प्रकाशित

मेगा क्यापिटलका शेयरधनीलाई अत्यन्तै जरूरी सूचना

अर्थ संसार, काठमाडौं -  मेगा क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क भाद्र १० गतेसम्म बुझाउन आग्रह गरेको छ ।

मेगा क्यापिटल लिमिटेड तथा मेगा बैंक नेपाल लिमिटेडकाे शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खाेलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७६/०७७ भित्र डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक  वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था उक्त शुल्क बुझाउन आग्रह गरिएकाे हाे ।

हितग्राहीहरुले मेगा क्यापिटल लिमिटेड तथा मेगा बैंक नेपाल लिमिटेडकाे आफूलाई पायक पर्ने नजिकैकाे शाखा कार्यालयहरूमा सम्पर्क राखी भुक्तानी गर्न सक्नेछन् । तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने पनि सूचनामा उल्लेख छ ।

मेरो शेयर सेवा लिएका हितग्राही महानुभावहरुले सो सेवा संचालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुने समेत क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको