Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन तोलाको ६२ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

बुधबार, २८ साउन २०७७, ११ : २४ मा प्रकाशित

एकैदिन तोलाको ६२ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – लगातार तीन दिनबाट घटिरहेकाे सुनको मूल्यले आज (बुधबार) पनि ओरालाे यात्रा तय गरेकाे छ । बुधबार सुनकाे मूल्यमा भारी गिरावट आएकाे छ ।

बुधबार सुनकाे मूल्य ताेलाकाे ६ हजार २ सय रूपैयाँले घटेर  प्रतिताेला ९५ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बुधबार तेजावी सुनको भाउ प्रतितोला ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, बुधबार चाँदीकाे मूल्य पनि ताेलाकाे २ सय २५ रुपैयाँले घटेर प्रतिताेला एक हजार २ सय १० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।

हिजाे मंगलबार छापावाल सुन प्रतिताेला १ लाख १ हजार ६ सय, तेजावी सुन प्रतितोला १ लाख १ हजार १ सय र चाँदी प्रतिताेला एक हजार ४ सय ३५ रूपैयाँमा काराेबार भएकाे थियाे ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको