Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन डेभलपमेन्ट बैंककाे नाफा बढ्दा के भयाे अरू सूचक ? (विवरणसहित)

निशा हुमाँगाई

मंगलबार, २७ साउन २०७७, १५ : ३४ मा प्रकाशित

ग्रीन डेभलपमेन्ट बैंककाे नाफा बढ्दा के भयाे अरू सूचक ? (विवरणसहित)

अर्थ संसार, काठमाडौं - ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चौथो त्रैमाससम्ममा बैंकले २ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ८२ प्रतिशतले धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले १ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे । 

यसैगरी, चौथो त्रैमाससम्ममा बैंकले ८ करोड १६ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ९.८८ प्रतिशतले धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले ७ करोड ४२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे । 

त्यसैगरी, चौथो त्रैमाससम्ममा बैंककाे सञ्चालन नाफा ८२ प्रतिशतले बढेर ३ करोड ४ लाख ३३ हजार रूपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंककाे सञ्चालन मुनाफा १ करोड ६२ लाख रुपैयाँ रहेकाे थियाे ।

त्यस्तै, बैंककाे प्रतिशेयर आम्दानी ४ रुपैयाँ रहेकाे छ । बैंककाे चुक्ता पूँजी ५० करोड रुपैयाँ छ भने जगेडा कोषमा २ करोड ७६ लाख रुपैयाँ रहेको छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको