Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन इन्फ्रास्टक्चरको आइपिओ बाँडफाँडको जुर्यो साइत !

अर्थ संसार

सोमबार, २६ साउन २०७७, १७ : ५२ मा प्रकाशित

एनआरएन इन्फ्रास्टक्चरको आइपिओ   बाँडफाँडको  जुर्यो साइत !

अर्थ संसार, काठमाडौं - एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले निष्कासन गरेको साधारण शेयर (आइपिओ) भोली अर्थात मंगलबर बाँडफाँड  हुने भएको छ ।  निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटलको अनुसार मंगलबार विहान ठिक ९ बजे बाँडफाँड हुने कार्यक्रम तय भएको छ ।

उक्त आइपिओको प्रि–अलोटमेण्ट हिजो आइतबार नै सम्पन्न भएको थियो ।कम्पनीले निष्कासन गरेको आइपीओमा ४ लाख २८ हजार १ सय ५३ जना आवेदकले ६५ लाख ६७ हजार ६ सय कित्ताको लागि आवेदन  दिएका छन् । जुन मागभन्दा ५ दशमलव २४ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२  कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटलले गरेको छ । त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको