Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढ्यो शेयर बजार !

निशा हुमाँगाई

आइतबार, २५ साउन २०७७, १५ : ०१ मा प्रकाशित

दोहोरो अंकले बढ्यो शेयर बजार !

अर्थ संसार, काठमाडौं – साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजार दोहोरो अंकले बढेको छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ११.३० अंकले बढेर एक हजार ३९२.६८ मा पुगेकाे छ । नेप्से ०.८२ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.४६ अंकले बढेर २९१.०२ मा पुगेको छ ।

कूल १८७ वटा कम्पनीकाे ३० लाख ३० हजार ३३१ कित्ता शेयर खरिदबिक्री हुँदा ९१ करोड १६ लाख ४० हजार ७ सय ४० रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

 हेराैं आजकाे शेयर तालिका :

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको