Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रो पावरको शेयरमा लगानीकर्ता आकर्षित भएकै हुन् त ?

सोमबार, १९ साउन २०७७, १४ : ०६ मा प्रकाशित

हाइड्रो पावरको शेयरमा  लगानीकर्ता आकर्षित भएकै  हुन् त ?

हालै जारि भएको गरेको एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेडको प्राथमिक शेयरमा लगानिकर्ताहरु झुमिएका छन । कम्पनलीले सर्ब साधारण लगानिकर्ताहरुको लागि ३१ लाख ६० हजार १ सय ८३ कित्ता शेयर जारि गरेको थियो । यसमा लगानिकर्ताहरु झुमिएको देखिन्छ । निश्काशन भएको पहिलो दिनमा नै सबैजसो शेयर बिक्री  भएको थियो । के त हाइड्रो पावर कम्पनीहरुमा लगानिकर्ताहरुको आकर्षण बढेकै हो त ? कि नामले लगानीकर्ताहरुमा भ्रम भएको छ । नामले त यो कम्पनी कुनै बैंक तथा बित्तिय सस्थाहरु जस्तै देखिन्छ  भने एनआरएनको ट्याग पनि झुण्डिएको छ ।  कतिपय लगानीकर्ताहरुले बित्तीय सस्था भनेर आबेदन गरेको पनि देखियो भने कतिपयले १० , २० कित्ता पर्ने त हो नि भनेर आबेदन दिएको पनि देखिन्छ । एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेड कुनै बैंक तथा बित्तीय सस्था होइन । यो कम्पनीले हाइडो पावर को आयोजनाहरुमा लगानी गर्ने गर्छन । त्यसोत लकडाउन पछि प्राथमिक बजारमा प्राथमिक शेयरहरुमा लगानि गर्ने लगानीकर्ताहरु ह्वात्तै बढेको छ भन्दा पनि फरक नपर्ला । प्राथमिक बजारमा लगानी गर्ने लगानीकर्ताहरुको सख्या ४ लाख भन्दा बढि भइसकेका छन । यसकारणले पनि एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेडमा  लगानी गर्ने लगानीकर्ताहरु बढेको हो कि ? गत आर्थिक बर्षमा थुप्रै हाइडो पावर कम्पनीहरुको प्राथमिक शेयरहरु जारि भएका थिए ।  अधिकाश कम्पनीहरुको प्राथमिक शेयरहरु सबै बिक्री नै भएन । सर्ब साधारण लगानीकर्ताहरु आकर्षित नै भएन । तर, हाइड्रो पावर को आयोजनाहरुमा लगानी गर्ने एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेडको प्राथमिक शेयर भने पहिलो दिनमा नै सबै जसो शेयर बिक्री भएको थियो  । कतै यसमा राजनिति त घुसेको छैन कतै चलखेल त भएको छैन भनेर पनि चर्चा भएका छन्  । त्यसोत शेएर बजारमा चलखेल हुन भनेको सामान्य हो भनेर पनि कतिपय जानकारहरुले बताउँछन । 

त्यसोत एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेड प्राथमिक शेयर जारि हुने मिति नजिकिदा शेयरबजारको दोश्रो बजारमा केहि हाइडो पावर कम्पनीहरुको शेयर को भाउमा सर्टिका सर्टिक लागेको थियो । यसलाइ पनि अर्थपूर्णले हेरिएका छन । यस समयमा धेरै जसो हाइड्रोपावर कम्पनीहरुको शेयर को भाउ बढेको देखिन्छ । यसबारेमा पनि चर्चाहरु भएका थिए । शेयरबजारमा कम्पनीहरुको शेयरको मूल्य बढ्नु राम्रो  हो  । एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्टको प्राथमिक शेयरमा लगानीकर्ताहरुको आकर्षण गर्नको लागि शेयरबजारको दोश्रो बजारमा हाइड्रो पावर कम्पनीहरुको शेयर मुल्य अस्वभाबिक तरिकाले बढाएको  भनेर भन्नेहरु पनि नभएका होइन । यसमा पनि चलखेल भएको हुन सक्छ भनेर पनि चर्चा भएका थिए । शेयर बजारको दौश्रो बजारमा नै  केहि हाइडो पावर कम्पनीहरुको शेयर रु ५० सम्ममा नै किन्न पाइन्छ भने रु १ सयका शेयरमा किन लगानिकर्ताहरु झुमिए भनेर भन्नेहरु  पनि थुप्रै छन । त्यसोत एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेड हाइडो पावर आयोजना कम्पनी नै भने होइन यसले हाइडो पावरको आयोजनाहरुमा लगानि मात्र गर्ने गर्छ ।  यसले पनि लगानीकर्ताहरुकोलाइ आकर्षित गरेका हुन कि । त्यसोत प्राथमिक शेयरमा लगानीकर्ताहरुको आकर्षण रहेका नै हन्छन ।  

यसमा जोखिम कम हने गरेका हुन्छन भनेर पनि जानकारहरु बताउँछन । तर हाइडो्पावर को कम्पनीहरुमा भने जोखिम पनि  रहेको  देखिन्छ । शेयरबजारको दोश्रो बजारमा धेरै जसो हाइडो पावर कम्पनीहरुको शेयर रु १ सय भन्दा कम मा कारोबार हुने गरेका छन पछिल्लो समयमा । हाइडो पावर कम्पनीका कतिपय प्राथमिक बजारका लगानिकर्ताहरुले नोक्सानि ब्यहोर्न परिरहेका छन ।

लकडाउन हुन भन्दा पहिले धेरै जसो हाइडो पावर कम्पनीहरुको शेयरको भाउ घटिरहेको अबस्थामा  थियो । रु १ सयको शेयर रु १ सय भन्दा कम मा किन्न पाइन्थ्यो । त्यसोत कतिपय लगानीकर्ताहरुले त हाइड्रोपावरमा लगानी बालुवामा पानी हाल्नु सरह हो  भनेको छन् । सयमा किनेको शेयर बजारमा आधा मल्य भएको छ भनेर पुरपुरोमा हात हालेको पनि देखिन्छ । शेयरबजारमा नै हाइडो पावर कम्पनीहरुको शेयर रु १ सय भन्दा कम मा किन्न पाइ रहेका छन भने किन एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेडको प्राथमिक शेयरमा लगानिकर्ताहरु किन झुमिए यसमा के रहस्य छ भनेर पनि चर्चाहरु भएका छन । 
दोश्रो बजारमा किनेको शेयर चार दिनपछि फेरि बेच्न सकिन्छ तर प्राथमिक बजारमा किनेको शेयर बेच्न महिनौ दिन लाग्छ । त्यसोत एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेड प्रकृतिको कम्पनी हाइड्रो इलेक्ट्रिसिटि इनभेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको शेयर बजारमा नै १ सय २०,३० रुपैयाँमा किन्न पाइन्छ  । त्यसोत हाइडो पावर कम्पनीहरुको शेयरमा  लगानीकर्ताहरुको आकर्षण हुनु भनेको बढेकोलाई सकारात्मक रुपमा लिन पर्दछ ।  हाइड्रो पावरबाट नै देश समृद्धि बन्छ भन्ने सरोकारवालाहरुको भनाइ रहेका छन  । त्यसोत हाइड्रो पावरमा लगानी गर्ने लगानीकर्ताअहरुको दिन पनि त आउलानि भन्नेहरु पनि नभएको होइन । 
तर लगानीकर्ताहरुमा धैर्यता भने हुन पर्दछ । त्यसोत अबका दिनमा  जारि हुने भनेकै धेरै जसो हाइड्रो पाव।र कम्पनीहरुको  प्राथमिक शेयरहरु हो भन्दा फरक नपर्ला । अबको दिनमा थुप्रै हाइड्रो पावर कम्पनीहरुको  प्राथमिक शेयरहरु निष्काशन जारि हनेवाल ाछ । थुप्रै हाइड्रो पावर कम्पनीहरुको  शेयर निष्काशनको लागि पाइप लाइनमा रहेका छन ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको