Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ पर्न हाइड्रोपावरको आउनु पर्ने हो ?

अर्थ संसार

शनिबार, ०३ साउन २०७७, १७ : २० मा प्रकाशित

आइपिओ पर्न हाइड्रोपावरको आउनु पर्ने हो ?

अर्थ संसार, काठमाडौं - नुवाकोट घर भएका हाल काठमाडौंमा बस्दै आएका रामशरण अधिकारीले सामाजिक सञ्जालमा बिहीबार बेलुका एउटा पोस्ट गरे-'साधारण शेयर (आइपिओ) पर्न हाइड्रोपावर कम्पनीका आउनुपर्छ कि क्या हो ?।' अधिकारीले विहीबार दिउँसो बाँडफाँड भएको अजोड इन्स्यारेसन्क कम्पनीको आइपिओ नपरेपछि यस्तो पोष्ट गरेका थिए । अधिकारीले परिवारको सदस्य सहित ४ जनाले  अजोडको  आइपिओमा अवादेन दिएका थिए ।

अजोडको त आइपिओ परेन उनलाई केही अघिमात्रै  निश्कासन गरेको साधना लद्युवित्त वित्तीय संस्थाले समेत पत्याएन । लगानीकर्ताको प्रमुख रोजाइको यी दुई कम्पनीको  आइपिओ नपरेपछि अधिकारीले आइपिओ पर्न हाइड्रोपवार कम्पनीको मात्र पर्ने बताए । अधिकारी त एउटा उदाहरणमात्र हुन् । उनी जस्ता सयौँको संख्यामा लगानीकर्ता यी दुई कम्पनीको आइपिओ नपरेपछि दुखित बनेको छन् । तर, पर्ने भने मख्ख छन् । 

१२ वटा हाइड्रोपावर कम्पनीको आउँदै आइपिओ : पानीमा लगानी,गर्ने कि नगर्ने ? 

अजोड इन्स्योरेन्सको असार २५ गतेदेखि निश्कासन गरेको आइपिओमा माग भन्दा ७ गुणा बढी आवेदन परेको थियो । गोलाप्रथाबाट शेयर बाँडभएको थियो । त्यसै गरी साधना लद्युवित्तले असार २१ गतेबाट साधारणस शेयर आइपिओ निश्कासन गरेको थियो ।

यो पनि माग भन्दा झण्डै १७ गुणाबढी आवेदन  परेको थियो । यो पनि गोलाप्रथबाट शेयर बाँडफाँड भएको थियो । यी दुवै कम्पनीको शेयरमा माग भन्दा धेरै गुणाबढी आवेदन पर्दा, सवै आवेदन दिने लगानीकर्ताले  शेयर पाएका थिएनन् । 

पछिल्लो समय दोस्रो बजारमा (नेप्से)मा  इन्स्योरेन्स कम्पनी  र लद्युवित्त समूहको शेयरमा लगानीकर्ता बढी आकर्षित भएका छन् । त्यसोत, अरु समूहको भन्दा यी दुई समूहकोे शेयर मूल्य दोस्रो बजारमा प्राइमरी शेयर मूल्य भन्दा ५ देखि १० गुणा बढी मूल्यमा कारोबार भैरहेको छ । अरु कम्पनी भन्दा यी दुई कम्पनीले वार्षिक रुपमा लगानीकर्तालाई राम्रो लाभांश पनि दिँदै आएका पनि  छन् । 

 पछिल्लो समय जलविद्युत कम्पनीको आइपिओ भने शतप्रतिशत पर्ने देखिन्छ ।  जलद्युत कम्पनीको शेयर दोस्रो बजारमा प्रतिकित्ता १०० अर्थात आइपिओको मूल्य भन्दा आधा कम मूल्य छन् ।

जसले गर्दा लगानीकर्ताले हाइड्रोपावर शेयर किन्ने त परको कुरा सुन्त समेत चाहदैनन् । हाइड्रोपवार शेयरबाट पीडित लगानीकर्ता बजारमा धेरै छन् ।

अहिले हाइड्रोपार कम्पनीमा देखिएको आर्थिक सुशासन, संचालक र व्यवस्थापनको हिनामीना, नियामक निकाय बलियो नहुँदा यस क्षेत्रमा लगानीकर्ता ह्वात्तै घटेका छन् । बनि सकेकालाई भन्दा पनि  निर्माणको तयारीमा जुटेका हाइड्रोपावरका आयोजनालाई भोलीको दिनसमा ठूलो समस्या देखिन्छ । 

पछिल्लो समय सवै लगानीकर्तालाई १० कित्ता दिने प्रावधान आएसँगै सवैले शेयर पाउने नियम छ । तर माग भन्दा धेरै आवेदन पर्दा गोलाप्रथाबाट शेयर बाँडफाँड हुँदै आएको छ । 

हाइड्रो पावरको टर्बाइन भनेकै W.K.V. 

'अमूल्य जीवनलाई मूल्यवान बनाउँन जीवन बीमा गर्नुपर्छ, उत्कृष्ट जीवन बीमा प्राइम लाइफमा छ'  

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको