Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रिइन्स्योरेन्सको शेयरमा लगानीकर्ताको चलाखीपन !

अर्थ संसार

शुक्रबार, ०२ साउन २०७७, ०७ : २८ मा प्रकाशित

नेपाल रिइन्स्योरेन्सको शेयरमा लगानीकर्ताको चलाखीपन !

अर्थ संसार, काठमाडौं-पछिल्लो समय लगानीकर्ताको रोजाइमा पर्न सफल नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयरमा लगानीकर्ताले चलाखीपन देखाएका छन् । यो कम्पनीको शेयर बेच्ने भन्दा पनि कसरी किन्ने भन्ने तर्फ लगानीकर्ता लागि परेका छन् ।

विशेष गरी  कर्पाेरेट हाउसहरुले यो कम्पनीको शेयर उठाइरहेका छन् । भविश्यमा सुन अण्डा हुने यो कम्पनीको शेयर अहिले साना लगानीकर्ताको ४०/५० कित्ता गरेर ठूलो कित्तामा शेयर जम्मा गर्ने दाउँमा  कर्पाेट हाउसहरु रहेका छन् ।

अजोड इन्स्योरेन्सको आइपिओ बाँडफाँड मितिको जुर्यो साइत : पर्ने सम्भावना कति ? 

केहि महिना अघि साधारण शेयर आइपिओ निश्कासन गरेको यो कम्पनीले आवेदक सवैलाई न्यूनतम ४० कत्ता र बढीमा ५० कित्ता शेयर सवैलाई बाँडेको थियो । कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताको रोजाइमा यो कम्पनीको शेयर परेको देखिन्छ ।

नेप्सेमा सूचिकृत भएर कारोबार भएको सुरुको दिनदेखि नै यो कम्पनीको शेयर बढेको देखिन्छ । प्रतिकित्ता ३८० रुपैयाँबाट बढेर प्रतिकित्ता आजको दिनसम्म ५ सय २१ रुपैयाँ पुगेको छ । यो कम्पनीको शेयर  अहिले बेच्नु भन्दा पनि होल्न गर्न सकेको खण्डमा भोलीको दिनमा अहिलेको शेयरधनीले राम्रो पतिफल पाउने लगनीकर्ताहरु बताउँछन् । 

यस्तो देखिन्छ नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार तालिका

 

5f1034d97b860.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको