Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको आपिओमा पर्यो ६ गुणाबढी आवेदन : पर्नेमा आशा गरौं, भर नपरौं !

अर्थ संसार

सोमबार, २९ असार २०७७, १७ : ३४ मा प्रकाशित

अजोड इन्स्योरेन्सको आपिओमा पर्यो ६ गुणाबढी आवेदन : पर्नेमा आशा गरौं, भर नपरौं !

अर्थ संसार, काठमाडौं–  अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर ९आइपीओ० मा माग भन्दा  ६.०१९ गुणा बढी आवेदन परेको छ । 

असार २५ गतेदेखि निष्कासन गरेको आइपीओमा (आज) सोमबार अन्तिम दिनसम्म उक्त गुणा बढी आवेदन परेको हो ।  निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलको अनुसार अन्तिम दिन सोमबार बेलुका ५ बजेसम्म ४ लाख ५८ हजार ६४९ जना आवेदकले १ करोड ८० लाख ५८ हजार कित्ता शेयरको लागि आवेदन दिएका छन् । यो नै अन्तिम रिपोट भने होइन, अझै बढ्ने क्यापिटलले जनाएको छ । कम्पनीले निश्कासन गरेको आवेदन माग कित्ता र आवेदन परेको कित्ताका अनुपातमा माग भन्दा ६.०१९ गुणा बढी आवेदन परेको हो । 

कम्पनीले अ कित्ता एक सय रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये, ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात १ लाख ५० हजार सामुहिक लगानी कोषलाई र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । 

अजोड इन्स्योरेन्सको आइपिमो लगानीकर्ता झुमेपछि पर्नेमा न्यून संभावना देखिन्छ । यो पनि खोला प्रथाबाट बाँडिनेछ । अजोडको आइपिओ लगानीकर्ताले पर्नेमा आशा गरौं भर नपरौं अवस्थामा छ । 

त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

कसरी Khalti ले जित्दै छ त ग्राहक र युवापुस्ताको विश्वास ? | #bizchat with Amit Agrawal ,

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको