Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफको प्रस्तावित लाभांश साधारण सभाबाट पारित

अर्थ संसार

सोमबार, २९ असार २०७७, १६ : ५० मा प्रकाशित

प्राइम लाइफको प्रस्तावित लाभांश साधारण सभाबाट पारित

अर्थ संसार, काठमाडौं– प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा  सोमबार (आज ) अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा सम्पन्न भएको छ । 

साधारणसभाले  कम्पनीको फागुन २३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार शेयरधनीहरूलाई आर्थिक वर्ष २०७४/०७५ सम्मको सञ्चित मूनाफाबाट आर्थिक वर्ष २०७४/०७५ को लागि हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागी १ करोड २३ लाख ३४ हजार ४४१ रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित  पारित गरेको छ । 

त्यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरेको छ ।

 त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नुको साथै सभाले आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक समेत तोकेको थियो । 

कम्पनीले हाल विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै शेयरधनी र सम्पूर्ण व्यक्तिहरू सभामा माक्स लगाएर उपस्थिति भएका थिए । 

साधारणसभामा बोल्ने शेयरनीले लाभांश दिएकोमा कम्पनीलाई धन्यवाद दिएका थिए । 

यो पनि पढ्नुहोस्

लाभांश पारितसँगै हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न 

शेयरधनीको प्रश्नैपश्नबीच नेशनल हाइड्रोपावरको सधारणसभा सम्पन्न 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको