Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितसँगै हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न

निशा हुमाँगाई

सोमबार, २९ असार २०७७, १३ : १८ मा प्रकाशित

लाभांश पारितसँगै हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न

अर्थ संसार, काठमाडौं – हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २६औं वार्षिक साधारण सभा कम्पनीकाे केन्द्रीय कार्यालय, थापागाउँ काठमाडाैंमा सम्पन्न भएकाे छ । 

सभाले सञ्चालक समितिकाे बैठकले निर्णय गरेबमाेजिम ४ प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत कर प्रयोजन गरी कूल ७.७५ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव पारित गरेकाे छ ।

यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा पेश गरिएकाे आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गरिएकाे छ । त्यस्तै, सभामा कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरीएकाे छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको