Web Analytics Made Easy - StatCounter
बुधबार, ०७ असोज २०७७
शेयरधनीको प्रश्नैपश्नबीच नेशनल हाइड्रोपावरको सधारणसभा सम्पन्न
सोमबार, २९ असार २०७७

अर्थ संसार, काठमाडौं– नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको २३ औं वार्षिक साधारणसभा (आज) सोमबार सि.एम.डि फुडल्याण्डमा सम्पन्न भएको छ ।

पछिल्लो समयमा कम्पनी राम्रो प्रगतिको पथमा हिडेपनि संचालकले कम्पनीको आम्दानी सहायक कम्पनीमा लगानी गर्दा  शेयरधनीलाई लाभांश दिन नसकेको शेयरधनीको आरोप छ । 

'साधारण सभामा संचालक समितिका सदस्य नै छैन' शेयरधनी शिवप्रसाद पौडलेले भने-'विगत तीन वर्षदेखिको साधारणसभा उपस्थिति छैन, किन ? साधारणसभामा नआउनेले  कम्पनीको हितको लागि के काम गर्ला, त्यस्ता व्यक्तिले पद मात्रै ओगटेर बस्नु भनेको कम्पनीलाई डुवाउने हो ।'

४० करोड ऋण तिर्न बाँकी छ, शेयरधनीलई लाभांश दिन सक्दैनौं | Kumar Pandey | National Hydro Power Co Ltd

साधारणसभा विगत तीन वर्षदेखि संचालक बासुदेव प्रसाद गौतम उस्थिति नभएका छैनन् । यसले कम्पनीको संचालकमाथि सम्बन्धलाई आम शेयरधनीको माझ छलाङ्ग पारेको छ ।

साधारणसभामा शेयरधनीले दोस्रो बजारमा नेशनल हाइड्रको शेयर मूल्य ५० रुपैयाँको हारहारीमा हुनमा आपत्ति जनाएका थिए । 

नेशनल हाइड्रोवार कम्पनीको ४१ करोड रुपैयाँ ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती निर्माण आयोजना गर्दा डुबेको छ । अहिले पनि त्यो डुबेको ४१ करोड रुपैयाँ नेशनल हाइड्रोवार कम्पनीले बैंकलाई ऋण  नियमित रुपमा भुक्तानी गर्दै आइरहेको छ । 

शेयरधनीको लागि बिडम्वना समयमा निर्माण गर्न नसकेकोपछि तल्लो इद्रावतिको निर्माण अनुमति पत्र सरकारले खारेज  गरिसकेको छ ।

सरकारले पुन:  तल्लो इद्रावति आयोजनाको इजाजपत प्रतिस्पर्धाबाट उव्पलव्ध गराउने  भएकोले सो प्रतिस्पर्धामा सहभागिभ ई सो आयोजना अनुमति पत्र प्राप्तको लागि  कोशिस गर्ने कम्पनीले शेयरधनीलाई बताउँदै आएपनि आउने ग्यारेन्टी भन छैन । साधारणसभा शेयर डम्बरुबल्भ घिमिरे, शिव प्रसाद पौडेल लगतायका शेयरधनीले बोलका थिए । 



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved