Like us!
Follow us!
Connect us!
Watch us!

आवेदन छुटे पछुताउनु पर्ने ८ कम्पनीको आइपिओ !

अर्थ संसार

आइतबार, २८ असार २०७७, १० : ०० मा प्रकाशित

आवेदन छुटे पछुताउनु पर्ने ८ कम्पनीको आइपिओ !

अर्थ संसार, काठमाडौं- शेयर बजारमा हिजोआज धमाधम साधारण शेयर (आइपिओ) निश्कासन भैरहेको छ । कहि दिन अघि मात्रै एनआाईसी एशिय लद्युवित्त र साधना लद्युवित्तको आइपिओ निश्कासनपछि बन्द भैसकेको छ भने अजोड इन्स्योरेन्सको आइपिओ बजारमा बिक्री खुल्ला भैरहेको छ ।

यी तीन वटा कम्पनीको आइपिओ भनेको लगानीकर्ताको रोजाइमा परेका छन् ।  दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लद्युवित्त र इन्स्यारेन्सको कम्पनीहरुको मूल्य राम्रो छ । जसको कारण अहिले लगानीकर्ताको माझ लद्युवित्त र इन्स्योरेन्सको आइपिओ पहिलो रोजाइमा परेको छ ।

आज हामी लगानीकर्ताको पर्खाइमा रहेका कम्पनीको आइपिओमा बारेमा लेख्दैछौँ । आइपिओका निश्कासनको लागि नियामक निकायमा  धितोपत्र बोर्डमा दिएका र निश्कासनको लािग स्वीकृतिको पत्र कुरीरहेका कम्पनीको बारेमा लख्दैछौँ । 

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडलेको असार २५ गतेदेखिसाधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये, ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात १ लाख ५० हजार सामुहिक लगानी कोषलाई र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो र्। त हुनेछन् ।

संचालक र व्यवस्थापनको इमेजका कारण Ajod को IPO मा लगानीकर्ता आकर्षित भए

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।लगानीकर्ताले आईपीओमा छिटोमा असार २९ गते र ढिलोमा साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

चन्द्रागिरी हिल्स लिमिटेड

चन्द्रागिरी हिल्स लिमिटेडले १०० रुपैयाँ दरको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि जेठ २५ गते आइतबार सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

 जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार ५ गते शुक्रबार सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

 रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार ९ गते मंगलबार सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

 सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० करोड रूपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार १४ गते आइतबार सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम  एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेड

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले ८६ लाख रूपैयाँ बराबरको ८६ हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत फागुन १६ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्दार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

 सिबिआइएल क्यापिटल लिमिटेड

सिबिआइएल क्यापिटल लिमिटेडले ३ करोड रूपैयाँ बराबरको ३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल वैशाख १९ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।

आईएमई लाईफ ईन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति माग गरेको बोर्डले जानकारी दिएको छ । कम्पनीले आईपीओको बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडलाई रोजेको छ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औसतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड छ। कम्पनीको आइपिओ बिक्रीपछि सो पुँजी २ अर्ब पुग्नेछ । बीमा समितिले नयाँ जीवन बीमा कम्पनीहरुलाई २ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएसँगै कम्पनीको आइपिओ निष्कासन गर्न लागेको हो ।

नेपाली शेयर बजारको भविश्य एकदम उज्वल छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको