Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण शनिबार, आइतबार र साेमबार उपत्यकाकाे यी ठाउँमा दिनभर बत्ती जाँदै

निशा हुमाँगाई

शनिबार, ०६ असार २०७७, ०८ : ५० मा प्रकाशित

यसकारण शनिबार, आइतबार र साेमबार उपत्यकाकाे यी ठाउँमा दिनभर बत्ती जाँदै

अर्थ संसार, काठमाडौं – आज (शनिबार), भाेलि (आइतबार) र पर्सी (साेमबार) काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा बत्ती जाने भएको छ ।

नेपाल विद्युत प्राधिकरण अन्तर्गत बानेश्वर वितरण केन्द्रका अनुसार उपत्यकापूर्व तथा दक्षिण प्रणाली सुदृढिकरण आयोजनाले चुच्चेपाटी, चावहिल चाेक, गौशाला क्षेत्रमा भूमिगत गर्न तीन दिनका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जाेरपाटी, पशुपति र डाँछी फिडर अन्तर्गतका विभिन्न क्षेत्रहरुमा बत्ती जाने भएको हाे ।

त्यस्तै, काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको