Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्घार्थ बिजनेस ग्रपबीच सम्झौता, ग्राहकलाई यस्तो फाइदा

अर्थ संसार

विहीबार, २८ कार्तिक २०७६, ११ : ०७ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्घार्थ बिजनेस ग्रपबीच सम्झौता, ग्राहकलाई यस्तो फाइदा

अर्थ संसार, काठमाडौं– अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा लि, तीनकुने बिच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको देशभर सञ्चालनमा रहेको होटल तथा रेष्टुरेन्टबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायव महाप्रबन्धक  अपूर्व प्रसाद जोशी ज्यू र  सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  कृष्ण न्यौपानेज्यूले हस्ताक्षर गर्नुभयो ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई देशभरि रहेका ८७ वटै शाखाहरुबाट विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले सिद्घार्थ बिजनेस ग्रुप अफ्m हस्पिटालिटी प्रा लिको देशका विभिन्न स्थानहरुमा रहेको शाखा सञ्जालहरुबाट प्राप्त हुने खाना तथा आवाश सम्वन्धी सेवामा विभिन्न छुट प्राप्त गर्न सक्नेछन्  ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको