Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफको आर्थिक सुरक्षा योजना : यी ३५ वटा घातक रोग विरुद्ध ५० लाखको बीमा

आइतबार, ०५ जेठ २०७६, १० : १९ मा प्रकाशित

ज्योति लाइफको आर्थिक सुरक्षा योजना : यी ३५ वटा घातक रोग विरुद्ध ५० लाखको बीमा

अर्थ संसार, काठमाडौं– छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हालसममकै सर्वाधिक ३५ वटा घातक विरुद्ध ५० लाखसम्मको आर्थिक सुरक्षा योजना ल्याएको छ ।

यस अघि ११ वटा घातक रोग विरुद्ध उपचारको लागि  १० लाखसम्मको आर्थिक सुरक्षा सहित जीवन बीमा क्षेत्रमा एउटा नौलो आयम सुरु गर्दै आफ्ना योजनाहरु बजारमा ल्याएको यस लाइफले योजनाको लोकप्रियता तथा बीमितहरुलाई अझ बढी जोखिम बहन सहित थप आर्थिक सुरक्षा प्रदान गर्ने नेपालकै पहिलो कम्पनीको रुपमा हालसम्मकै सर्वाधिक रोगहरु समेटी ३५ वटा घाटक रोग विरुद्ध ५० लाख सम्मको आर्थिक सुरक्षा योजना ल्याएको हो ।

कुनै पनि नेपालीले रोग लागिसकेपछि आर्थिक अभावमा मृत्युवरण र उपचार खर्च वापत घरबार समाप्त हुने जोखिमलाई रोकथाम गर्ने उद्देश्यले यो योजना ल्याएको कम्पनीका संचालक समितिका अध्यक्ष नन्दकिशोर शर्माले बताए ।

शुक्रबार राजधानीमा गरिएको योजना सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले भने– ‘बढ्दो वायुप्रदुषणको कारण ६ जनामध्ये १ जनालाई क्यान्सर रोग लाग्छ, त्यसैले यस्ता रोगबाट बच्न आर्थिक सुरक्षा योजनामा सहभागि भई ढुक्कसँग  बस्न सक्नुहुनेछ ।’

कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले उल्लेखित नयाँ योजनाको आवश्यकता, विशेषता,नेपाली बीमा बजारमा घातक रोग विरुद्ध आर्थिक सुरक्षा लगायतका विषयमा  प्रस्तुति दिएका थिए।

कार्यक्रममा विशेष अअतिथिहरु कर्ण शाक्य र डा. सुदिप श्रेष्ठले क्यान्सर रोग र यसबाट मानिसको सामाजिक तथा आर्थिक जीवनमा पर्ने प्रभावको बारेमा भनाइहरु राख्दै घाटक रोग विरुद्ध ज्योति लाईफले जारी गरेको यो  योजनाको प्रशंसा गर्दै यो योजना अत्यन्त रामूो र जनहितको लागि आवश्यक भएको  बताए ।

त्यस्तै, कम्पनीका व्यवसायिक सद्भावनादुत राजेश हमालले घाटक रोग विरुद्ध आर्थिक सुरक्षाको लागि यो योजना अत्यन्त प्रभावकारी हुने विश्वास व्यक्त गर्दै घातक रो विरुद्ध लड्न इच्छा शक्ति, आर्थिक, तयारी र उत्कृष्ट उपचार आवश्यक पर्ने बताए ।

कम्पनीको अहिलेसम्मको चुक्ता पुँजी १५४ करोड रुपैयाँ रहेको छ । २ वर्षको अवधिमा  सय भन्दा बढी शाखा स्थापना गरी सेवा दिदै आएको यस ज्योति लाईफले यस आर्थिक वर्षको तेस्रो त्रमासम्म १० करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

३५ रोगकहरु यस प्रकारको छ ।

5cdeacd2253b4.jpg 5cdeacf7a4274.jpg 5cdead0022d3a.jpg 5cdead01e2078.jpg 5cdead04d0a9b.jpg 5cdead09868da.jpg 5cdead0e1be57.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको